भरतपुर,२८ जेठ । भरतपुर अस्पतालमा १९ दिन सम्म आईसियूमा राखेको सुत्केरीको मृत्यु भएको छ । चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलित बनेका छन् । भरतपुर ४ की कोपीला ज्ञवालीको शनिबार विहान ६ बजे मृत्यु भएको थियो ।
मृतकका आफन्तले घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कार्वाही र मृतका छोराछोरीको पालनपोषणको जिम्मा लिनुपर्ने माग गर्दै अस्पतालमा धर्ना दिएका थिए । सुत्केरी वेथा लागेपछि ज्ञवालीलाई जेठ ७ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । जेठ ८ गते अप्रेशन गरिएको थियो । अप्रेशसन गरेकै दिन चिकित्सकको सल्लाह बमोजिम शिशुलाई चितवन मेडिकल कलेजको एनआईसियू र सुत्केरीलाई भरतपुर अस्पतालको आईसियूमा भर्ना गरिएको थियो । मृतकका दाइ जिवलाल पौडेलले चिकित्सकको लापरवाहीले मृत्यु भएको जीकिर गरे । चिकित्सकलाई सल्लाह माग्दा जहाँ लगेपनि यस्तै हो भन्ने प्रतिक्रिया दिएको बताए । चटपट बेचेर दैनिकी गुजरा गर्ने बहिनीको आर्थिक अवस्था निकै कमजोर भएकाले अस्पतालले बालवच्चाको पालनपोषण र शिक्षाको जिम्मेवारी लिनुपर्ने बताए । मृतक कोपिलाका श्रीमान संगै दुई छोरी छन् ।
अस्पतालले भने शुत्केरीको इन्फेक्सनका कारण मृत्यु भएको बताएको छ । अस्पतालका मेसु रुद्र मरासिनीले डेलिभरिका क्रममा केही समस्या सृजना भएको र पछि इन्फेक्सन भएका कारण सक्दो प्रयास गर्दागर्दै पनि सुत्केरीलाई बचाउन नसकिएको बताए । उनले यसमा चिकित्सकको कुनै कमजोरी नरहेको प्रष्ट पारे ।
सुत्केरीको मृत्युपछि अस्पतालमा धर्ना
सुत्केरीको मृत्युपछि अस्पतालमा धर्ना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस