• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

बिकासको गिन्ती सुरु गर्दै माडीबासी जनता, अब पालो जनप्रतिनिधीको

  •  
  • शनिबार, जेठ २७, २०७४ / ८ वर्ष अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    सुदिप निउरे

    पहिलो चरणको स्थानिय तह निर्बाचन ताका अन्य क्षेत्रमा जस्तै चितवनको माडीक्षेत्रमा पनि बिभिन्न दलहरुले आ-आफ्नै महत्वकांक्षी योजनाहरु अगाडी सारे । सबै भन्दा धेरै योजनाहरु माओबादी केन्द्रले अगाडी सारेको थियो । त्यसैगरि नेकपा एमाले, नेपाली कांग्रेश र राष्टिय प्रजातन्त्र पार्टीले पनि आ-आफ्ना एजेन्डाहरु निर्बाचन अघि जनतासामु ल्याएका थिए । सडक, तटबन्धन, खानेपानी लगायत आधारभूत आबस्यकताहरुका साथै शिक्षा, स्वास्थ्य, पर्यटन् तथा निकुन्जको प्रभाब न्युनिकरणलाइ दलहरुले बिशेष जोड दिएका थिए । सुकुम्बासीलाई लालपुर्जा दिलाउने देखी लिएर माडी उपत्यकाभित्र चक्रपथ निर्माण गर्ने प्रतिबद्दता पनि निर्वाचनअघि दलहरुले गरे । समाजिक सन्जाल भरी माओबादी केन्द्रका एजेन्डा अन्न्य दलहरुको तुलना भन्दा ब्यापक पाइए पनि त्यस्को पछि पछि नेकपा एमालेले आफ्ना एजेन्डालाइ जोड् दिएको पाइन्थ्यो । नेपाली कांग्रेश र राष्टिय प्रजातन्त्र पार्टीले पनि आफ्ना आफ्ना एजेन्डा लिएर प्रत्यक माडीबासीको घर-घरमा पुगे ।
    जनताको घरदैलो कार्यक्रममा सबै दल उत्तिकै खटिए । सबै दलले ल्याएका अधिकांश एजेण्डा मिल्दा जुल्दानै भएपनि माओबादी केन्द्रले एजेन्डाको लिखीत ठेलीनै लिएर जनतामाझ गएको थियो । तुलनात्मकरुपमा अन्य दलले भने त्यसो गरेको पाईएन । माओबादीले चुनाबका लागी ४७ बुदे प्रतिबद्दताहरु प्रस्तुत गरेपनि महत्वपूर्ण र महत्वकांक्षी योजनाहरु अगाडी सारेपनि बांदरमुढे घटना पिडितका सन्दर्भमा भने एक बुदा पनि उल्लेख गरेको थिएन । मृतक परिवार, घाईते तथा उनिहरुमा आश्रीत परिवार सम्बन्धि कुनै पनि एजेन्डा अगाडी ल्याएको थिएन् । अहिले स्थानिय तह निर्बाचन सम्पन्न भैसकेर माडी नगरपालीकाले मेयर/उपमेयर / प्रत्यक वडाका एक-एकजना वडाध्यक्ष गरी ९ जना, लगाएत सदस्यहरु गरि जनप्रतिनिधी पाएको छ । नेकपा माओबादी केन्द्र , नेकपा एमाले, नेपाली कांग्रेश तथा राष्टिय प्रजातन्त्र पार्टी लगायत दल निर्बाचनमा सामेल भए पनि उल्लेखित ४ दलको निक्कै कडा प्रतिस्प्रधा भएको र न्युन मत अन्तरले जित हात परेका कारण पनि नया माडी निर्माणमा प्रतिनिधित्व गरेका सबै दलको उत्तिकै दायित्व देखीन्छ । निर्बाचन ताका सामाजिक संजाल रंगाएका दलहरुले अब बोलेका कुरा गरेर देखाउने समय आएको छ । जनताको लागी दलहरुले जिम्मेवारी पुरा गर्ने समय पनि यहि हो । मेयरमा माआबोदी केन्द्रका ठाकुर ढकाल बिजयी भएको भएपनि निर्बाचित कमिटी भित्र एमालेको प्रतिनिधीत्व धेरै छ । त्यसैगरि नेपाली काँग्रेस त्यसपछिको रोलक्रममा छ, भने राष्टिय प्रजातन्त्र पाटीको सहभागीता पनि नगरपालीका रहेको छ । मेयर पदमा माओबादी केन्द्रले जित हात परेको हुनाले निर्बाचनमा उस्ले अगाडी सारेका महत्वकांक्षी योजनाहरु पुरा गर्नै पर्ने नैतिक दायीत्व उस्लाई बढी छ ।

    त्यसैगरी निर्बाचित जनप्रतिनिधीमा एमालेको बहुमत भएकोले एमालेले पनि निर्बाचनमा जनतासामु बोलेका सबैकुरा पुरा गर्नै पर्ने नैतिक दबाबमा छ । यस्तै नेपाली कांग्रेश र राष्टिय प्रजातन्त्र पार्टीको अगाडी पनि माडीको लागी केहि गर्नै पर्ने महत्वपुर्ण जिम्मेवारी आएको छ । बहुमत प्रतिनिधी सहित चुनाव जितेकालाई जनताले दिएको म्यान्डेड पुरा गर्ने अबसर आएको छ भने प्रतिनिधीत्व मात्रै भएका दलहरुलाई आगामी निर्बाचनका लागी थप मजबुद बन्नका लागी मेहनत गरेर देखाउनै पर्ने दवाव छ ।

    यस्तै ,नेकपा एमालेको तर्फबाट माडी नगरपालिकामा मेयरका उमेदवार नारदमणी पौडेल पराजय भएको भएपनि बहुमत नगर सदस्य एमालेबाट बिजयी छन । निर्बाचन लगत्तै माडी नगरपालिकामा राजनैतिक समीकरण समेत बनेको छ । त्यस राजनैतिक समीकरणमा ५० जनाको नगरसभा बनेको छ । यस नगरसभामा नेकपा एमालेबाट २८ जना ,नेपाली कांग्रेसबाट ३ जना , माओबादी केन्द्रबाट १८ जना र राप्रपाबाट १ जना छन । त्यस्तै १९ जनाको कार्यपालिकामा नेकपा एमालेबाट १४ जना , माओबादी केन्द्रबाट ४ जना , नेपाली कांग्रेसबाट १ जना छन् भने राप्रपाको कार्यपालिकामा सहभागीता शुन्य छ ।

    त्यसैले माडीबासीसामू नेकपा एमालेले पनि ठूलो जिम्मेवारी निर्बाह गर्नु पर्ने दायित्व छ । जित जस्को भएपनि निर्बाचन,जुनसुकै पार्टीले जिते पनि अब त्यो जितलाई पार्टीगत जितको रुपमा हेरीनु हुदैन । माडी र माडीबासी जनताका मलभूत समस्या सबै माझ जगजाहेर छंदैछ । माडीबासी जनतालाई एकाकार गरि बिकाशको गतिलाई अगाडी बढाउनु अहिलेको आबश्यकता हो । यो सुनौलो अबसरलाई माडीबासीले सदुपयोग गर्न सकेनौ भने सधैका लागी माडीबासी पछाडी परिरहने छौ । अरुको कारणले गर्दा अहिले सम्म माडीबासी पछाडीनै छौ , अब पनि अगाडी बढ्न सकेनौ भने त्यस्को दोषी हामी स्वयम हुनेछौ ।

    माडीबासी जनताले जिताएका जनप्रतिनिधीहरुले राजनितीक चस्मा खोलेर माडी र माडीबासी जनताको हितमा कामगर्ने सुनौलो अबसर जुटेको छ । यो अबसर सदुपयोग गर्न नसके भावी पुस्ताले हामीलाई धिक्कार्ने छ । अब माडीको बिकाश क्रम कसरी हुन्छ, त्यो हेर्न माडीबासी आतुर छन् । माडीबासीको प्रतिक्षाको घडि सकिएको छ । अब जनप्रतिनिधीहरुलाई कहा कसरी साथ दिनु पर्ने हो, त्यस्मा उनिहरु तयार छन् । निर्बाचनमा लिखित तथा मौखिक रुपमा दलहरुले जनतामा लगेका हरेक एजेन्डाका बुंदा-बुंदाहरु माडीबासीले आफ्नो मन मुटु र सिरानीमा च्यापेर बसेका छन् । अब माडीबासीले औला भांची भाची त्यस्को हिसाब अबस्य खोजी गर्ने छन् । त्यसैले अबको समय काम गरेर देखाउने पालो जनप्रतिनिधीको हो ।

    शनिबार, जेठ २७, २०७४ प्रकाशित
    संबन्धित शिर्षकहरु
    भरतपुर अस्पतालमा रक्तसञ्चार सेवा
    विद्यालयमा तहमा योग तथा ध्यान शिक्षा
    जाडोमा ‘सुपर फुड’, स्वास्थ्य रहन्छ ‘गुड’
    यो पनि हेर्नुहोस
    हाडको घनत्व घटाउने रोग ओस्टियोपोरोसिस र बच्ने उपाय
    SQC to Instill ‘Goodness’ and ‘Smartness’ in Young Minds
    बालेन, हर्क र गोपालहरु मिल्ने समय
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal
     

    Loading Comments...