भरतपुर, ११ मंसिर
टायलको बजारमा स्तरीय ब्राण्डको ख्याती बनाएको ‘जोनसोन टायल’ को शोरुम चितवनमा स्थापना भएको छ । विश्वकै पहिलो टायल कम्पनी जोनसोनको बिक्री वितरण नेपालमै पहिलो पटक चितवनबाट सुरु हुँदैछ ।
भरतपुर–१० स्थित भरतपुर बसपार्कचोकमा रहेको ‘हाउस अफ जोनसोन’ को बुधबार एक कार्यक्रमका बिच भारतस्थित जोनसोन कम्पनीका उपाध्यक्ष रविमोहन ओझा र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले संयूक्तरुपमा उद्घाटन गरे । हाउस अफ जोनसोनको एनिभा स्टोनेक्समा जोनसोन कम्पनीले उत्पादन गरेका संपूर्ण प्रकार र आकारका टायलहरु उपलब्ध हुने सञ्चालक प्रकाश पौडेलले जानकारी दिए ।
एक सय दश वर्ष अघिबाट उत्पादन सुरु भएको यस टायलको उत्पादन ६५ वर्ष अघि भारतमा सुरु भएको थियो । कम्पनीका उपाध्यक्ष ओझाका अनुसार करिब १५ वर्ष देखि उक्त टायलको प्रयोग नेपालमा भइरहेको छ । नेपाली उपभोक्तहरुले भारतका विभिन्न शहरहरुबाट जोनसोन ब्राण्डका टायलहरु खरिद गरेर प्रयोग गर्दै आएका थिए । बजारको माग अनुसार नेपालमै शोरुम स्थापना गरेर कारोबार सुरु गरेको सञ्चालक पौडेलले बताए ।
ओझाका अनुसार भारतको उत्तरपूर्वी क्षेत्रमा सबै भन्दा बढी माग यस टायलको छ । भारतभरको बिक्रीको अवस्था हेर्दा जोनसोन टायलको बजार १२ प्रतिशत रहेको भन्दै उनले नेपालमा पनि यसको माग अत्याधिक रहेको दाबी गरे । व्यवसायिक, औद्योगिक, आवासीय क्षेत्र तथा स्वीमिङपुल, पार्किङलगायतका लागि अवश्यक ‘एसीड प्रूफ’ टायलहरु यहाँ उपलब्ध हुनेछन् । जोनसोनको उत्पादन स्तरीय र विश्वसनीय हुने दाबी गर्दै सञ्चालक पौडेलले मूल्यमा पनि अन्य ब्राण्ड तथा स्थानीय उत्पादन भन्दा धेरै फरक नपर्ने बताए ।
टायलका अलावा ज्याक्वेयर कम्पनीका सेनेटरी वेयर तथा सीपी फिटिङ्सको व्यवस्था पनि यहाँ रहेको पौडेलले बताए ।