२७ जेठ ।
निर्वाचन आयोगले विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन चिन्ह अंकित सामान वितरण नगर्न निर्देशन दिएको छ ।
आयोगको आज बसेको बैठकले दल र उम्मेदवारको निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोला लगायतका जिन्सी समान मतदाताहरूलाई वितरण गरेको भन्ने गुनासो आएपछि त्यसो नगर्न निर्देशन दिएको हो ।
त्यस्ता कार्य निर्वाचन आचार संहिता अनुकूल नहुने भएकोले राजनीतिक दलहरू तथा उम्मेदवारहरूलाई त्यस्ता प्रकृतिका जिन्सी सामान वितरण नगर्न नगराउन जानकारी गराउने निर्णय गरेको हो ।
आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत÷प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई अनुगमन गरी त्यस्ता आचार संहिता विपरितका कार्य रोक्न पनि निर्देशन दिएको छ ।