भरतपुर,२७ जेठ ।
अष्ट्रेलियाको सिड्नीमा रहेको हार्बर इन्टरनेशनल कलेजले नेपाली विद्यार्थीका लागि विशेष सहुलियत घोषणा गरेको छ । नेपाली मुलका दुई युवाले सञ्चालन गरेको हार्बर इन्टरनेशनल कलेजले नेपाली विद्यार्थीका लागि विशेष सहुलियत दिने घोषणा गरेको हो ।
सुमन भेटवाल र मात्रिका विमोली मिलेर सञ्चालन गरेको कलेजमा नर्सिंङ, हेल्थ साइन्स, एकाउन्ट तथा बिजनेसअन्तर्गत विभिन्न विषयमा लेभल टुअन्तर्गतको पढाइ हुने गर्छ । विशेषगरी प्लस टु अध्ययनपछि उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान चाहने विद्यार्थी लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको सञ्चालक सुमन भेटवालले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
सन् २०१५ मा स्थापना भएको कलेज निजी क्षेत्रबाट दोस्रो विश्वसनिय कलेजका रुपमा स्थापित हुन सफल भइसकेको भेटवालले बताए । १३ राष्ट्रका २७ जना कर्मचारीको संलग्नतामा सञ्चालित कलेजमा ८ सय विद्यार्थी एकैसाथ पढाउन सक्ने क्षमता रहेको उनले बताए । कलेजमा २३ राष्ट्रका विद्यार्थी अध्ययनरत छन् ।
छोटो समयमै विद्यार्थीको रोजाइँमा हार्बर कलेज पर्न सफल निजी क्षेत्रबाट सबैभन्दा धेरै नो अब्जेक्सन लेटर दिन सम्ल कलेजका रुपमा परिचित भएको उनले दावी गरे । सुमन २० वर्ष अघि उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेकाहुन् ।अष्ट्रलियामा उनी सरकारी वकिलका रुपमा कार्यरत छन् ।