२७ वैशाख, एजेन्सी।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमपले संघीय जाँच एजन्सी (एफबीआई)का निर्देशक जेम्स कोमीलाई पदबाट हटाएका छन्।
ह्वाइट हाउसले यसको पुष्टि गरेको छ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आज राष्ट्रपति डोनाल्ट जे ट्रम्पले एफबीआईका निर्देशक जेम्स कोमीलाई उनलाई पदबाट हटाइएको बताएका छन्।’
ह्वाइट हाउसले जेम्स कोमीको ठाउँमा एटर्नी जनरल जेफ सेशन्सलाई सिफारिस गरेको छ।
जेम्स कोमीले अमेरिकी राष्ट्रपति चुनावी अभियानमा ट्रम्पको चुनाव प्रचारमा रुसको सम्बन्धबारे जाँचको प्रमुख भइ काम गरेका थिए।
राष्ट्रपति ट्रम्पले एक पत्र लेखेर जेम्स कोमीलाई प्रभावी तरिकाले एफबीआईको अगुवाइ नगरेको बताएका थिए।
अघिल्लो हप्ता जेम्स कोमीले अमेरिकी कंग्रेसलाई हिलारी क्लिन्टनको इमेलको बारे गलत जानकारी दिएको खबरले स्थानपाएको समयमा ट्रम्पको यस्तो निर्णय आएको हो।
अघिल्लो वर्ष नोभेम्बरमा राष्ट्रपति चुनाव भन्दा पहिले डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टन विदेश मन्त्री हुदाँ उनको निजी सर्भरबाट इमेल पठाइएको मुद्धामा नयाँ इमेल भेटिएको जानकारी दिएर जेम्स कोमीले फेरि उनीमाथी जाँच सुरु गरेका थिए।
राष्ट्रपति चुनावमा आफ्नो हारको लागि हिलारी क्लिन्टनले जेम्स कोमीलाई जिम्मेदार ठहराइसकेकी छिन्।
हिलारीले भनेकी थिइन, चुनाव भन्दा ठिक पहिले एफबीआई निर्देशक जेम्स कोमीले उनको इमेल जाँच गरेको कुराले चुनाव प्रचार अभियानलाई ठूलो धक्का पुग्यो।
पछि एफबीआईले हिलारी क्लिन्टनको नयाँ इमेलहरुमा कुनै आपराधिक प्रमाण नभेटिएको बताएको थियो।