भरतपुर,२६ जेठ।
म्यागसेसे पुरस्कार विजेता वैज्ञानिक महावीर पुनको अन्तर्राष्ट्रिय सम्मान गरिएका मेडल नेपालीको नाममा फर्काउन पहल गरिएको भरतपुरकी तारा बरालले पत्रकार सम्मेलन गरी जानकारी दिएकी छन् । राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि आर्थिक अभाव भएका कारण वैज्ञानिक महावीर पुनले अन्तर्राष्ट्रिय सम्मान गरिएका मेडल बिक्रीमा राखेको बताएको बरालले उल्लेख गरिन् ।
उनले सो अन्तर्राष्ट्रिय सम्मान सम्पूर्ण नेपालीको भएकाले विदेशिनु दुःखद रहेको बताइन् । अन्तर्राष्ट्रिय सम्मान गरिएका मेडलहरु नेपालमै राख्नुपर्ने र बिक्रीका लागि अमेरिका पठाइएको मेडल फिर्ता गराउने पहलका साथै १ रुपैयाँको बैना गरिएको पत्रकार सम्मेलनमार्फत बरालले जानकारी दिइन् । म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने अभियानमा सबैलाई सहयोग गार्नसमेत आह्वान गरिएको छ ।