अनिल ढकाल
चितवन,२४ जेेठ।
भरतपुर अस्पतालको सेवा विस्तारको लागि निमार्ण गरिएको गुरु योजना सरकारले स्विकृत गरेको छ । गत जेठ २२ गते मन्त्रिस्तरीय बैठकले अस्पतालको योजना स्विकृत गरेको हो । गुरु योजना स्विकृत भएपछि त्यस अनुसार काम अघि बढाईने भएको छ । त्यस अनुसार योजना अघि बढाईएको छ । तत्कालिन स्वास्थ्यमन्त्रि गगनकुमार थापाको पहलमा गुरुयोजना स्विकृत भएको हो । साढे ६ अरबको अनुमानित लागत रहने गरी गुरुयोजना निमार्ण गरिएको रहेको छ ।
बहुवर्षिय योजनामा गुरुयोजना अनुसार संरचना निमार्ण गरिने भएको छ । अस्पतालको सेवा क्षेत्र , शैक्षिक र आवासीय क्षेत्र गरी तीन चरणमा विकास गरिने अस्पतालले जनाएको छ । गुरुयोजना अनुसार विकास गर्दा सेवा ब्यवस्थापनमा सहज हुने भरतपुर अस्पतालका मेडिकल सुपरी टेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनीले बताउनुभयो । यसअघि गुरुयोजना बनाईएको भनिएपनि सरकारले स्विकृत गरेको थिएन । गुरुयोजनालाई आर्थिक प्रस्ताव र गुरुयोजना सहित दाता र सरकारलाई पेश गरिने छ । बहुवर्षिय योजना अनुसार काम गरिने अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताउनुभयो । पाँच वर्षभित्र एक हजार शैया सहित अति विशिष्ट सेवा सहितको असपताल बनाउने योजना रहेको उहाँले बताउनुभयो । अस्पतालमा भएको भरतपुर अस्पतालको पुराना्े संरचना भत्काईने छ । गुरुयोजना बनेपछि आथिर्क र जनशक्तिको योजनाको प्रस्ताव तयार गर्न कन्सलटेन्सीलाई जिम्मा दिईएको छ । गुरु योजना अनुसार शैक्षिक कार्यक्रम पनि संचालन गर्ने अस्पतालले जनाएको छ ।