२४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई सपथ खुवाएकी हुन् । देउवाले देश र इश्वरका नाममा सपथ खाएका छन् ।
देउवाले सपथ लिएलगत्तै तीन उपप्रधान सहित ७ जना मन्त्री नियुक्त गरेका छन् । काँग्रेशबाट उपप्रधान तथा शिक्षा मन्त्रीमा गोपालमान श्रेष्ठ, माओवादी केन्द्रबाट उपप्रधान एवं परराष्ट्र मन्त्रीमा कृष्णबहादुर महरा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष बिजय गच्छेदार उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा नियुक्त भएका हुन् ।
यस्तै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएका छन् । कांग्रेसबाटै फर्मुल्लाह मन्सुर श्रममन्त्री भएका छन् भने माओवादीबाट जर्नादन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।
सपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, सभाुमख ओनसरी घर्ती पूर्व प्रधानमन्त्रीहरु, विशिष्ठ अधिकारीहरु कुटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।