– प्रकाश “जलन”“दृढता यति बलवान् हुन्छ कि यसका सामु साराका साराले हार मान्दन्छन ” महान मस्तिष्क संग उदेश्य हुन्छ केही मान्छेहरु सङ केबल इच्छा हुन्छ मान्छेको सबै भन्दा ठूलो प्रेरक भनेकै आफुभित्रको बिश्वास हो। सम्पूर्ण नेपाली मनका तर्फबाट मुरि मुरि धन्यवाद नमुना नेपाल निर्माण अभियानका अभियन्ता सिताराम कट्टेल धुर्मस रअनि कुन्जना घिमिरे सुन्तली (धुर्मुस सुन्तली फाउन्डेसन )र उज्यालो अभियानका Unsong Hero कुलमान घिसिङ लाई ।
भुकम्प पछिको पुनर्निर्माणमा विभिन्न तीन ठाउँमा एकीकृत नमुना बस्ती बसाली नेपाली मन मुटुमा बसेका यी जोडी अर्थात धुर्मुस सुन्तली फाउन्डेसनले फेरि अर्को एकीकृत नमुना नेपाल बस्ति जहाँ हिमाल पहाड र तराईको सास्कृतिक सम्पदा धरोहर एवं विभिन्न १२५ जातजातिहरुलाइ एकताको शुत्रमा गोलबद्द पारी नेपाललाई विश्व्मा चिनाउने फाउन्डेसनकोअर्को आयोजना पनि पुर्ण सफलता होस र त्यस नमुना नेपालमा कहिलै अध्यारो नहोस हामी कामना गर्दछौ ।
ब्यक्ती पनि आफैमा एउटा सरकार हो र एउटा सामान्य ब्यक्तिले पनि आफ्नो दृढता आट र आत्मबिस्वास लिई काम गरेमा कुनै पनि काम असम्भव नदेख्ने धुर्मुस अनि कुलमान साच्चै नेपाल आमाकी सच्चा सुपुत्र हुन ।बिकासका पर्याय हुन,बिकासका प्रतिमुर्ती हुन ।र यस्ता अभियानमा सदा साथ दिन सतिसाल झै उभिएर हौसला ,बिश्वास,भरोसा अनि सहयोग गर्ने सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु प्रती नमन् ।
पन्चायत,बहुदल,विभिन्न आन्दोलन र लोकतन्त्रका रसिला शाब्दिक नाराले विभिन्न कालखण्डमा अनेकौ आयोजना ल्याए ती नगन्य मात्रामा पूरा भए होलान् तर अधिकाङश नारामै सिमित रहे ।राजनितिक नेतृत्वमा अनेकन कहलिएका बिज्ञ आए,योग्यताले आफुलाई निपुण ठान्ने नेतृत्व पनि नआएका होइनन् तथापि कसैले राजनीतिक इमान्दारिता,कसैले कपोकल्पित सपना त कसैले स्विजरल्यान्ड सम्म बनाउन भ्याए भने कोहि कोहि त अझै पनि युद्धकालिन लाल झन्डा बिर्सन सकेका छैनन । लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा पनि आफ्नो बिरासत र पदचाप जोगाउनमै ब्यस्त छन ।तर एकाध केही नेतृत्व बाहेक बाकी सबै आफ्नो नाम सुचिमा Enrollment गराउनमै सिमित रहे ।कसैले दुई कसैले चार त कोहि अझै दाउपेचमै छन ।चेतना होस भरोसायुक्त,जिम्मेवारीपुर्ण र लोकतन्त्रबिनाको योग्यता र नेतृत्व एउटा बोझिलो भारमात्रै बन्नपुग्छ ।लाग्छ सधैं अधिकार मात्र उपभोग गरेर रास्ट्र प्रगतिशील र समृद्धशाली बन्दैन ।गन्तव्यमा पुग्न अधिकार मात्रले पुग्दैन आफ्नो जिम्मेवारी र कर्तव्यको पनि पालन गर्नुपर्छ ।खाली अधिकारको मोलतोल त कमजोरहरुको झुन्डमा मात्र हुन्छ कर्मशिल समाजमा त कर्तव्यको तेल बिना बिकाशको रेल चल्दैन ।एक टन सिद्धान्त भन्दा औन्सभर काम नै बढी मुल्यवान हुन्छ ।प्रतिबद्धता केबल यो र त्यो गर्नेछु भन्ने लेखोट्मा गरेको सहिछाप मात्रै होइन ।यो त ब्यक्ती उसैको अन्तरको बिबेकपुर्ण आवाज र निर्देशनसमेत हो।त्यसैले प्रतिबद्धता पूरा गरिएन भने त्यसको परिणाम बेइमान व्यबहारमा प्रकट हुन्छ ।यी सबै पाठ सिकाउने उदाहरण हुन धुर्मुस अनि कुलमान ।सर्बोत्कृट्ताको ताकमा बसिराख्नु भन्दा उत्कृष्ट चाहिँ योजना तत्काल शुरु गर्नु गरिहाल्नुलाइ श्रेस्वकर मानिन्छ ।कुराको खेती होइन खेतिको कुरा गरौ ।आगामी “नमुना नेपाल बस्ती” लाई उज्यालो अभियानले सारा बिश्वलाइ चिनाओस ।एउटा अलिखित इतिहासका अनसङ हिरोज धुर्मुस अनि कुलमान लाई हृदयदेखि नै धन्यवाद ।
नयाँ नेपालका अभियन्ता
नयाँ नेपालका अभियन्ता

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस