जेठ २४–नेपाली बजारमा सुनको भाउ क्रमश उकालो लाग्दै गएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको चौथो दिन बुधबार सुनको भाउ तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको ५५ हजार ३ सय रुपैयाँ रहेको सुन आज तोलामा ३ सय रुपैयाँ बढेको हो ।
अघिल्लो दिन पनि सुनको भाउ तोलामा एक सय रुपैयाँ वढेको थियो ।
महासंघका अन्तर्राष्ट्रिय वजारमा सुनको भाउ वढ्दै गएकाले नेपाली वजारमा समेत प्रभाव परेको छ ।
आज चाँदीको भाउ भने स्थिर । आज चाँदी तोलाको ७ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।