हेम रोकाहा/कायाकैरन
भरतपुर,२४ जेठ । उपचारका क्रममा दिसापिसाब, खकार आदि प्रयोगशाला (ल्याब) परीक्षणको लागि घण्टौं लाइन बसेर कुर्नुपर्ने बाध्यता अब चितवन मेडिकल कलेज (सीएमसी) भरतपुरले हटाएको छ । सीएमसीले प्रयोगशाला नमूना संकलन तथा स्थानान्तरणलाई सजिलो, सुरक्षित र छिटोछरितो बनाउन अत्याधुनिक प्रविधि भित्राएको हो ।
न्यूम्याटिक च्यानल नामक अत्याधुनिक मेसिनले सात सेकेन्डमा नमूना संकलन गर्ने स्थानबाट प्रयोगशालासम्म लाने र त्यति नै समय परीक्षण भएको नमूना संकलन गर्ने स्थानसम्म आइपुग्ने अस्पतालले जनाएको छ । संकलन गरिएको नमूना मानिसले लिएर ओहरदोहर गर्दा टुटफुट हुन सक्ने सम्भावना रहने भएकाले सो मेसिनबाट टुटफुटको समयस्या नआउने चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम कोइरालाले बताए । अस्पतालले अत्याधुनिक प्रविधिमार्फत सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने प्रयास गरेको उनले बताए ।
जर्मनीबाट ल्याइएको सो अत्याधुनिक न्यूम्याटिक च्यानलको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विश्व प्रविधिमा प्रतिष्पर्धात्मक रुपमा गइरहेको अवस्थामा अस्पतालले अत्याधुनिक प्रविधि भित्राउनु निकै सह्रानीय रहको बताए । नयाँ अत्याधुनिक उपकरण भित्राइसकेपछि त्यसको मर्मत सम्भारको चुनौतीलाई पनि ख्याल राख्नुपर्ने भट्टले बताए ।
यसबाट चितवन मेडिकल कलेज नयाँ प्रविधिको प्रयोगमा अघि छ भन्ने कुरा पुष्टि भएको उनले बताए । भरतपुरले मेडिकल सिटीको रुपमा आफ्नो पहिचान बनाइसकेको बताउँदै उनले यसमा चितवन मेडिकल कलेजको भूमिका महत्पूर्ण रहेको बताए । नयाँ प्रविधि तथा पूर्वाधारको प्रयोग, यसको व्यवस्थापन गरेर जनताको विश्वास जित्न सके अस्पताल सफल हुन सक्ने प्रजिअ घयसको व्यवस्थापन गरेर जनताको विश्वास जित्न सके अस्पताल सफल हुन सक्ने प्रजिअ भट्टले बताए । “पछिल्लो समय सेवाग्राहीहरुको अस्पताल प्रतिको विश्वास गुम्दै गएको हो कि भन्ने आभाष भएको छ” उनले भने, “अस्पताल सफल हुनको लागि सेवाग्राहीले विश्वास गर्ने वातावरण बनाउन बनाउनु सक्नुपर्छ ।”
अस्पतालले नाफामुलक कार्यप्रति भन्दा पनि सेवामुलक कार्यलाई अघि बढाउन आवश्यक रहेको उनले बताए । पैसा नभएका गरिब जनताले उपचार नपाउने अवस्था आउन नहुने उनको भनाइ छ । चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राध्यापक डा. हरिसचन्द्र न्यौपानेले प्रविधिसँगै अघि बढ्न नसके स्वास्थ्य क्षेत्र पछि पर्ने बताए । चितवन मेडिकल कलेजले भिœयाएको प्रविधिबाट नमूनाको सुरक्षित तथा छिटोछरितो रुपमा परीक्षण गर्न सकिने उनले बताए ।
चितवन मेडिकल कलेजले पैसा नभएका गरीब जनताले उपचार नपाउने अवस्था आउन नदिने उनको भनाइ थियो । करिब ३० लाख रुपैयाँको लागतमा सो मेसिन ल्याइएको ल्याबका कोअर्डिनेटर सञ्जय राय यादवले बताए । सो मेसिनको प्रयोगबाट नमूना संकलन तथा स्थानान्तरणलाई सजिलो, सुरक्षित र छिटो छरितो बनाउने उनले बताए ।