माडी, २३ जेठ ।
माडी बाँदमुढे विस्फोटमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा मंगलबारबाट एक हप्ते विराट ज्ञानमहायत्र सुरु भएको छ । बाँदरमुढे पीडित समितिको आयोजनमा ‘राष्ट्रशान्ति मानवीयमैत्री श्रीमद्भागवत १०८ विराट ज्ञानमहायज्ञ सुरु भएको हो । महायज्ञमा घाइते तथा पीडित परिवार शान्तिको कामना गर्दै सहभागि भएका छन् । महायज्ञमा यूवा पण्डीत देवनयन नारायण लामिछानेले प्रवचन दिनेछन् ।
२०६२ जेठ २३ गते बाँदरमुढे घटनामा परी ३९ जनाको ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए । यात्रुले खचाखच भरिएको बस तत्कालिन नेकपा माओवादीले राखेको शक्तिशाली वमको एम्बुसमा परेको थियो । पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले मृत आत्माको शान्तिको कामना गर्दै कायक्रम गरिएको बताए । उनले घटनास्थलमा रहेको बाँदरमुढे स्मारकलाई बाटिका निर्माण गरिने बताए । १२ वर्षसम्म सरकारले बाँदरमुढे पीडितलाई कुनै सहयोग नगरेको दुखेसो पोखे । समितिका उपाध्यक्ष लेखनाथ अधिकारी ‘कृष्ण’ले पीडकलाई सार्वजनिक गरी कडाभन्दा कडा कारवाही गरिनुपर्ने बताए । उनले पीडित तथा घाइतेलाई राज्यले मल्हम लगाउने काम नगरेको दुखेसो पोखे । सर्वसाधरण चढेको बसलाई लक्षित भएको बाँदरमुढे घटनाले सर्वसाधरणले ज्यान गुमाएका थिए ।
बाँदरमुढेमा शान्ति खोज्दै पीडित परिवार
बाँदरमुढेमा शान्ति खोज्दै पीडित परिवार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस