२३ जेठ । व्यवस्थापिका–संसदको आजको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटनालाई जोडेर माओवादीको लोकतान्त्रप्रतिको निष्ठामा प्रश्न उठाउनु गलत भएको भएको बताएका छन् । तर, मतपत्र च्यातिएको घटनालाई जोडेर माओवादीको लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न उठाइनु गलत हुने प्रचण्डले बताए ।
प्रचण्डले भने, ‘भरतपुरमा जो घटना भयो दुःखद छ गलत छ । मैले च्यातियो भन्ने सुनेपछि निर्वाचन आयोगलाई प्रमको हैसियतले बोलाएर जे ठीक लाग्छ त्यहि गर्नुस् भनेर भनेको छु । मतपत्र च्यात्नेलाई सही भन्न सकिँदैन ।’
मतपत्र च्यात्न पार्टीले निर्देशन नदिएको र निर्वाचन आयोगलाई पनि पुनः मतदान गर्न दबाव नदिएको प्रचण्डले प्रष्ट पारे । संवैधानिक मान्यता र विधिको कुरा उठाउने प्रतिपक्षी दल एमालेले पनि धेरै विधि र प्रक्रिया मिचेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रश्न गरे, ‘निर्वाचन आयोगको क्षेत्राधिकारको विषयलाई लिएर सदन अवरुद्ध किन गरेको ?’
नेपाली कांग्रेसको दबाबका कारण आफुले राजीनामा नदिएको- प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको दबाबका कारण आफुले राजीनामा दिएको भन्ने विषयमा सत्यता नभएको स्पष्ट पारेका छन् ।
व्यवस्थापिका–संसदको आजको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको र दोश्रो नभईसकेको अवस्थामा राजीनामा गर्नुको कारणबारे धेरै चर्चा हुने गरेको उल्लेख गर्दे नेपाली कांग्रेसका कारण आफुले राजीनामा दिएको भन्ने सही नभएको स्पष्ट पारे ।
नेपाली कांग्रेसले राजीनामाका लागि दबाब नदिएको भन्दै उहाँले पुर्व समझदारी अनुसार इमान्दार भएर राजीनामा गरेको स्पष्ट पार्नुभयो । विगतमा पनि सत्ता र नेतृत्वको सम्बन्धमा समझदारी गर्ने र तोड्ने काम भएको उल्लेख गर्दै उनलेले आफ्नो इमानपुर्वकको राजीनामाले मुलुकमा नया राजनीतिक संस्कार बस्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले आफुले धेरै अप्ठ्याराहरुसँग जुधेर स्थानीय तहको निर्वाचन गर्ने दृढता लिएको स्पष्ट पारे । एकल प्रयास र कामले मात्रै राजनीतिक नेतृत्वले राष्ट्रको वास्तविक नेतृत्व गर्न नसक्ने भन्दै राष्ट्रिय एकताका लागि त्याग र लचकता देखाउन उनले सबै दललाई आग्रह समेत गरे ।
प्रचण्डले सरकारको नेतृत्व सम्हालेका समयमा आफुले महत्व र प्राथमिकतामा राखेका विषयमा सकारात्मक संंकेत ल्याउन सकेकोे भन्दै कार्यकाल सफल रहेको दाबी पनि गरे ।