२३ जेठ । उमेर हदका कारण स्वतः अवकाश पाउन लागेकी प्रधानन्यायाधीश सुशीला कार्की आजबाट विदा भएकी छिन् ।
विहान सर्वोच्च अदालत पुगेकी प्रधानन्यायाधीश कार्की आफ्ना सहकर्मी र कर्मचारीसँग विदा भएर बाहिरिएकी हुन् । उनको कार्यकाल जेठ २४ गते अर्थात भोली सकिँदै थियो ।
एक महिना अघि नै विदा बस्ने प्रचलन भएपनि कार्की आजमात्रै विदा भएकी हुन्। विदाईमा कुनै औपचारिक कार्यक्रम भने नगरिएको सर्वाेच्च स्रोतले बताएको छ । कार्कीविरुद्ध सरकारले संसदमा महाअभियोग प्रस्ताव ल्याएपनि प्रतिपक्षी दलहरुको चर्को विरोधपछि फिर्ता लिएको थियो ।
संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस नगरेकाले बरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले कायममुकायमको जिम्मेबारी सम्हाल्नेछन् ।