भरतपुर,२३ जेेठ।
भरतपुर महानगरपालिकामा प्रदूषण बढ्दै गइरहेको छ । सवारीसाधनले अत्यधिक मात्रामा उत्पादन गर्ने धुँवा तथा कच्ची सडकका कारण उड्ने धुलोका कारण प्रदूषण बढ्दै गइरहेको छ । महानगरभित्र तीव्र गतिमा भौतिक संरचनाहरुको निर्माण भइरहेकाले पनि यसबाट वातावरण दूषित हुन पुगेको छ ।
सवारीसाधनबाट निस्कने धुलोधुँवा नियन्त्रणको लागि तत्कालै कुनैपनि निर्णय नभएको कार्यकारी अधिकृत प्रेमराज जोशीले बताए । साना सवारीसाधन नियन्त्रण गर्न सके त्यसबाट उत्पादन हुने धुवाँधुलोलाई नियन्त्रण गर्न सकिने उनले बताए । जसको लागि ठूला सवारीसाधनको प्रयोगलाई बढावा दिन आवश्यक रहेको उनले बताए । त्यसको साथै प्रदूषणमुक्त सवारीसाधनको प्रयोगसमेत बढाउनुपर्ने उनी बताउँछन् ।
त्यसका अलावा वातावरणीय प्रदूषण रोक्न भरतपुर महानगरपालिकाको अगुवाइमा बिरुवा रोप्ने कार्य भइरहेको कार्यकारी अधिकृत जोशीले बताए । “वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न ‘एक घर एक बिरुवा’को अवधारण ल्याइएको छ” उनले भने, “यसलाई अझ धेरै प्रभावकारी कार्यान्वयन गर्न मागअनुसारका बिरुवा पनि महानगरले उपलब्ध गराइरहेको छ ।”
वातावरण संरक्षणलाई बढावा दिन महानगरपालिकाबाट परम्परागत चौतारीहरुको संरक्षण गर्ने कामसमेत भइरहेको उनले बताए । त्यस्तै पुराना पोखरीको संरक्षणमा पनि काम भइरहेको उनको भनाइ छ । हरेक सडकको दायाँबावा रुख रोप्न जनचेतना टोल सुधार समिति तथा सम्बन्धीत स्थानीय तहका संस्थाहरुसँग सहकार्य भइरहेको जोशीले बताए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम प्रदूषाण नियन्त्रण गर्नको लागि साइकल चढ्न आवश्यक रहेको बताउँछन् । साइकल चलाउँदा वातावरणीय प्रदुषणमा कमी आउनुको साथै स्वास्थ्यको लागी लाभदायक समेत हुने उनले बताए । धुलोधुँवा उत्पादन गर्ने सवारीसाधनको प्रयोग घटाइएमा वातावरण प्रदूषण घट्ने उनको भनाइ छ ।
यसैबीच नेपाल मैत्री समाज चितवन, चितवन ग्रीन लायन्स तथा लियो क्बलको आयोजनामा सरसफाइ ¥याली निकालिएको छ । ¥यालीमा विभिन्न संघसंस्था, टोल विकास संस्था, विभिन्न आमा समूहको सहभागितामा रहेको थियो । सो क्रममा नारायणी नदी किनारमा सरसफाइसमेत गरिएको छ । ¥यालीमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसमेत सहभागी थिए । ¥यालीले सहिदचोक, पुलचोक, उद्योग वाणिज्य संघ नारायणगढ हुँदै नारायणी नदीमा पुगेर सरसफाइ गरिएको छ ।
यस्तै साइकल व्यवसायी संघ चितवनले साइकल ¥याली निकालेको छ । उद्योग वाणिज्य संघ–चितवनको सहकार्यमा ‘स्वास्थ्यका लागि साइकल’ भन्ने नाराका साथ साइकल ¥याली निकालिएको बताइएको छ । संघका अध्यक्ष राजन गौतमले साइकल चलाएर ¥यालीको उद्घाटन गरेका थिए । सो साइकल ¥याली पोखरा बसपार्क, आँपटारी, तालिम केन्द्र, मालपोतचोक, केन्द्रीय बस टर्मिनल, हाकिमचोक, चौबिसकोठी लायन्सचोक, पुलचोक हुँदै पुनः उद्योग बाणिज्य संघमा पुगेर समापन भएको थियो । े
प्रकृतिको सुन्दरता र महत्वलाई बुझ्नको लागि प्रकृतिसँग मानवको नजिकको सम्बन्ध हुनुपर्ने वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेका व्यक्तिहरु बताउँछन् । जसले हामीले प्रयोग गरिरहेको वातारण र हामी बाचिँरहेको प्रकृति संरक्षण गर्न मद्दत मिल्ने उनीहरु बताउँछन् । वातावरण संरक्षणको क्षेत्रमा सकारात्मक कदम चाल्नको लागि वातावरण संरक्षणकर्मीहरुले विश्व वातावरण दिवसलाई सबैभन्दा ठूलो दिनको रुपमा लिने गरेको पाइन्छ । सन् १९७२ बाट संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाइने गरिन्छ ।
प्रकृति, प्राकृतिक वातावरण, वन र जैविक विविधतालाई जोगाउन सकेमा मात्र वातावरणीय दूष्परिणाम, जलवायु परिवर्तनका नकारात्मक प्रभाव तथा विपद् न्यूनीकरण सकिने विज्ञहरुको भनाइ छ । प्रविधिको विकास, प्रकृतिमाथिको निर्भरतामा वृद्धि, मानवीय क्रियाकलाप तथा विकासका कामले पनि वातावरण क्षयीकरणमा प्रभाव पारेकाले विश्व समुदाय एक भएर संरक्षणको अभियानमा लाग्नु पर्ने राष्ट्र संघको भनाइ छ ।