भरतपुर, जेठ २२ गते ।
कांग्रेस माओवादी गठबन्धनबाट भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेद्वार बनेकी माओवादी केन्द्रकी रेणु दाहालले पुनः मतदानले राम्रो मत सहित जित्ने अवसर सृजना गरेको बताएकी छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दे उनले मतपत्र खोसाखोसका क्रममा च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको घोषणा गरेलगत्तै घरदैलो अभियान चलाउने रणनीति तयार पारिएको बताइन् । उनले मतान्तर क्रमश घट्दै गठबन्धन जिततर्फ उन्मूख भएकोे स्मरण गर्दै उनले भनिन्, “भरतपुर १९ ऐतिहासिक वडाका रुपमा दर्ज भएको छ, जनता उत्साहित छन् ।” ऐनमा नभएको व्यवस्थाको माग गर्दे भएको भएको आन्दोलनले मुडेबललाई प्रशय दिएको आरोप लगाइन् । चुनावी अभियानका क्रममा सामाजिक सञ्जालमा विपक्षि पार्टिले आफु विरुद्ध आरोप लगाएर मत आफ्नो पक्षमा पार्न चुनावी हत्कण्डा प्रयोग गरेको बताइन् ।
यता सर्वोच्च अदालतले भरतपुर वडा नं १९ मा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
राम्रो मत सहित जित्छुः रेणु दाहाल
राम्रो मत सहित जित्छुः रेणु दाहाल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस