भरतपुर ,२२जेठ ।
भरतपुर महानगरपालिका- १९ वडामा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ ।
अधिवक्ता तुलसीराम पाण्डेले आइतबार दायर गरेको रिटमा सोमबारका लागि पेशी तोकिएकाले सुनुवाई सुरु हुने भएको हो ।
रिटमा निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा परेर भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको भन्दै आयोगको निर्णय खारेजीको माग गरिएको छ । च्यातिएका ९० मतलाई बदर मानेर बाँकी मत गणना गर्ने आदेशको माग रिटमा गरिएको छ ।
आज रिटको सुनुवाई न्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले गर्नेछ ।