अनिल ढकाल
चितवन,२१ जेठ ।
भरतपुर महानगरपालिकाका दुई वडाध्यक्षलाई सपथ नगराउन उच्च अदालत पाटन , हेटौडाले अन्तरकालिन आदेश जारी गरेको छ । वडा नम्बर ४का निर्वाचि वडाध्यक्ष हरिप्रसाद आचार्य र र वडा नम्बर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेलाई सपथ नगराउन भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आदेश दिएको हो । न्यायधिस बाबुराम रेग्मीको ईजलासले मुख्य निर्वाचन अधिकृत कार्यालय र दुई वडाध्यक्षलाई वडाध्यक्षको हैषियतमा सपथ ग्रहण नगराउन आदेश दिएके हो । दुवै जनालाई वडाध्यक्षको हैषियतमा काम नगर्न र नगराउनु भनी आदेश दिईएको उच्च अदालतका प्रवक्ता बद्रि प्रसाद लामिछानेले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय , वडाध्यक्षमा निर्वाचित आचार्य र काफ्लेलाई उच्च अदालत नियमावली २०७३को नियम ६१ बमोजिम आदेश दिईएको लामिछानेले जानकारी दिनुभयो । विपक्षीबाट त्यसको जवाफ मागिएको छ । आचार्य र काफ्ले नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । मतगणना बदर गरी पाउँ भनी वडा नम्बर चारका उपेन्द्रराज सापाकोटा र ७ का तर्फबाट श्यामप्रसाद लामिछानेले जेठ १९ गते छुट्टा छुट्टै निवेदन दिएका थिए । दुवै जना नेपाली काग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार रहेका थिए । मतगणनामा त्रुटीभएकोमा तत्काल पुन गणनाको माग गरेका थिए । सुनुवाई नभएपछि उनीहरुले अदालतमा उजुरी दिएको बताएका छन ।