२१ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उमेद्बार रेणु दाहाललाई जिताउन नयाँ रणनीति बनाइएको छ । वडा नम्बर १९ मा वडा अध्यक्षसहित सम्पूर्ण प्यानलमा माओवादी केन्द्रले नेपाली काँग्रेसका उमेद्बारलाई भोट हाल्ने भएका छन् ।
आज दुबै पार्टीको संयुक्त बैठकले माओवादी केन्द्रका वडा अध्यक्षदेखि सबै उमेद्बारले उमेद्बारी फिर्ता लिने र काँग्रेसका सबै उमेद्बारलाई भोट हाल्ने निर्णय गरेको छ ।