२१ जेठ । प्रमुख तीन दलबीच सहमति हुन नसकेपछि व्यवस्थापिका संसदको बैठक पर्सि मंगलबारसम्मका लागि स्थगित भएको छ । एमालेको विशेष आग्रहमा पर्सी सम्मका लागि बैठक स्थगित गरिएको सभामुख ओनसरी घर्ती मगरले बताइन् । भरतपुरमा मतदान गर्ने निर्वाचन आयोगका बिरुद्ध अदालतमा परेको मुद्धामा सोमबार सुनुवाइ हुने अवस्था रहेकाले पनि मंगलबारसम्म बैठक स्थगित गरिएको बुझिएको छ । संसदको बैठक विहान ११ बजे बोलाइएको थियो । र, प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यसूचि थियो । तर, एमालेले अवरोध जारी राख्ने बताएपछि ३ बजेलाई सारेर शीर्ष नेताहरुको बैठक बोलाइएको थियो ।
संसद बैठक मंगलबारसम्मका लागि स्थगित
संसद बैठक मंगलबारसम्मका लागि स्थगित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस