भरतपुर् ,२१ जेठ ।
व्यवस्थापिका संसद बैठक दिउँसो ३ बजे सम्मका लागी स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण आज बस्न लागेको व्यवस्थापिका संसद्को बैठक स्थगित भएको हो । कार्यसूचीमा प्रवेश नगरी संसद बैठक स्थगन भएको छ । अर्को बैठक आज दिउँसो ३ बजेको लागि बोलाइएको छ । भरतपुर महानगरपालिकाको वडा न १९ को मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले सदन अवरोध गरेको हो ।