ऐतिहासिक स्थानीय तह निर्वाचन आगामी वैशाख ३१ र जेठ ३१ मा मुलुकभर हुँदैछ । यसपालिको निर्वाचनमा अहिलेसम्मकै ठूलो संख्यामा महिाल प्रतिनिधि निर्वाचित हुँदैछन् । लगभग महिला र पुरुषको संख्या बराबरी नै यसपालिको निर्वाचनबाट निर्वाचित हुनेछन् । यसको कारण भनेको महिलालाई उम्मेद्वार बनाउनै पर्ने बाध्यकारी व्यव्थस्था गरिनु हो । यतिको व्यवस्था भएपनि महिलालाई कार्यकारी पदमा उठाउनेहरु भने निकै कम छ । महिलालाई नउठाएपनि हुने कतिपय पदमा दलहरुले पुरुष नै उठाएको पाइन्छ । त्यसैले अहिलेको व्यवस्थाले ऐतिहासिक संख्यामा महिला निर्वाचित त गर्छ नै, त्यसमा कार्यकारी पदमा पनि महिला पुग्ने अवसर निकै कम देखिएको छ ।
यसपालिको निर्वाचनमा हरेक गाउँ वा नगर कार्यपालिकामा प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला अनिवार्य हुनैपर्ने व्यवस्था छ । त्यस्तै प्रत्येक गाउँ वा नगर वडा सभामै सदस्य ४ मध्ये २ जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ । त्यसमा पनि एकजना महिला त अनिवार्य दलित नै हुनुपर्ने व्यवस्था छ । यसो हुनु भनेको महिलाहरुको लागि आधा अवसर त यसै भइ नै हाल्यो, बाँकी आधा भागमा पनि महिलाले दावी गर्न सक्ने भए । अर्थात प्रमुख वा उपप्रमुखममध्ये एकजना त उम्मेद्वार अनिवार्य उठाउनुपर्ने बाध्यता त भइ नै हाल्यो, महिलाको दावी दुवै पदमा हुनसक्छ । पुरुषले दुईमध्ये एक पदमात्रैमा दावी गर्न सक्छ । तर, महिलाको लागि अवसरको कुरा के रह्यो भने उनीहरु दुवै पदका लागि दावीयोग्य छन् । वडा सदस्यमा पनि महिलाले चारै जनाको लागि दावी गर्न सक्ने भए । जहाँ पुरुषले २ पदका लागि मात्रै दावी गरिरहेका छन् । यो व्यवस्था अत्यन्त समावेशी र महिलामैत्री छ । तर, भनेअनुसार भएको छैन । महिलाको सहभागिता संख्या बढाउने हिसाबले मात्रै गरिएको धेरै ठाउँमा देखिएको छ ।
आयोगको तग्थ्यांकअनुसार हेर्ने हो भने निर्वाचनमा कूल उम्मेद्वार ४९ हजार ३३७ जना रहेकामा महिला उम्मेदवारको संख्या ३९ प्रतिशत रहेको छ । विभिन्न पदमा गरी १९ हजार ३३२ महिला उम्मेद्वारले नाम दर्ता गराएका छन् । जसमध्ये अध्यक्ष वा प्रमुखमा एक हजार आठ सय ८० उम्मेद्वार रहेकामा महिलाको संख्या १५७ अर्थात् ८.३५ प्रतिशतमात्रै रहेको छ । जबकि उपाध्यक्ष वा उपप्रमुखमा एक हजार तीन सय ८४ उम्मेद्वार रहेकामा एक हजार एक सय २७ आर्थात् ८१.४३ त महिला नै छन् । यसको अर्थ महिलालाई कम सक्रिय पदमा नै राख्ने मनसाय दलहरुको देखिन्छ । आयोगका अनुसार वडाध्यक्षमा ९५.८३ अर्थात् १० हजार २९६ पुरुष र ४४८ अर्थात् ४.१७ महिलाको उम्मेदवारी परेको छ । वडा सदस्य दुई पदमा १७ हजार ७२९ अर्थात् ९४.७१ पुरुष र ५.२९ अर्थात् ९९१ महिला उम्मेदवार रहेका छन् । त्यसैले महिलाको लागि ऐतिहासिक चुनाव त यो यसै हो । तर, अझै महिलालाई विश्वास गर्ने र कार्यकारी पदमा नै उम्मेद्वार बनाउने गरेको भने देखिएन ।
महिलाको भागमा सहायक पद
महिलाको भागमा सहायक पद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु