२१ जेठ, चितवन । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नं . १९ मा पुनः मतदान गराउने निर्णय पछि भरतपुर क्षेत्रमा तनाव बढ्न थालेको छ । नेकपा एमालेले पुनः मतदानलाई अस्वीकार गर्दै आन्दोलनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले मतगणना स्थलको आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । सुरक्षा संवेदनशीलता बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको मालपोत चोक, चौबिस कोठी र हाकिम चोकभित्रको क्षेत्रलाई भेला हुन, जुलुस निकाल्न र नारावाजी गर्न निषेधाज्ञा जारी गरेको हो ।
हिजो निर्बाचन आयोगले वडा नं । १९ को मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गर्दै पुन मतदान गर्ने निर्णय गरेको थियो ।
पुनः मतदान गर्ने आयोगको निर्णयलाई एमालेले अस्वीकार गरेको छ ।
भरतपुर १९ मा पुन मतदान गर्ने आयोगको निर्णय