२० जेठ । मिस नेपाल २०१७ को ताज निकिता चन्दकले जितेकी छिन् । शुक्रबार राति भएको ग्रान्ड फिनालेमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै चन्दक मिस नेपाल– २०१७ भएकी हुन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्याइदिइन् । २२ औं मिस नेपाल बन्ने शौभाग्य पाएकी निकिताले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् ।
यसैगरी, मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसन निति शाह र मिस एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि सहारा बस्नेतले जितेको आयोजक दी हिडेन ट्रेजरजे जनाएको छ ।