२० जेठ, पोखरा ।
यही जेठ १० गते पोखरा–लेखनाथ महानगरपालिका–४ पन्थी गल्लीमा भेट्टाइएको रु दुई लाख शुक्रबार सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
ठगी, चोरी, डकैती र लुटपाट गरी अर्काको पैसा लिने प्रवृत्ति दिनहुँजसो बढ्दै गएको यस जमानामा इमान जमान पनि कहीँकतै रहँदो रहेछ भन्ने उदाहरण तारा लुइँटेल र गीता अधिकारीले देखाए ।
उनिहरुले पैसा भेट्टाएपछि पोखराको एक विद्युतीय सञ्चारमाध्यमलाई खबर गरेका थिए । सञ्चारमाध्यमबाट पैसा भेट्टिएको खबर पाएपछि बैंकबाट पैसा झिकेर घरतर्फ जाँदा बाटामा खसालेका कास्की, माछापुच्छ्रे गाउँपालिका–४ का हरि रानाभाट जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।
रानाभाटले बैंकबाट झिकेको प्रमाण र उनकै पैसा भएको पुष्टिपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीको रोहबरमा लुइँटेल र अधिकारीले पैसाधनी रानाभाटलाई रु दुई लाख हस्तान्तरण गरेका थिए।
आफ्नो गुमेको पैसा पाएपछि रानाभाट निकै हर्षित भए रती दुई इमान्दारलाई एक एक थान नयाँ घडी उपहार दिए।