१९ जेठ ।
भरतपुर महानगरपालिकाको मतगणना बिबाद बारे निर्वाचन आयोगले आज पनि निर्णय गर्न सकेन । भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतगणना गर्ने वा पुनः निर्वाचन के गर्ने भन्ने अन्यौलता कारण निर्वाचन आयोग अझै निर्णयमा पुग्न सकेको छैन ।
निर्वाचन आयोगले आज निर्णय गर्ने भनिए पनि निर्वाचन आयुक्त इला शर्मा आजको आयोगको बैठकमा उपस्थित भइनन् । जसले गर्दा आज आयोग निर्णयमा पुग्न सकेन ।