१९ जेठ । आगामी जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ । सभामुख ओनसारी घर्तीले शुक्रबार प्रधानमन्त्री निर्वाचनको कार्यक्रम निर्धारण गरेकी छन् ।
जस अनुसार व्यवस्थापीका संसदका सदस्यले संविधानको धारा २९८ को उपधारा ३ बमोजिम शनिवार उम्मेद्वारी दर्ता गर्न सक्ने छन् । भोली नै उम्मेदवारी दर्ताको सूचना प्रकाशन गरिने छ ।
आइतबार ११ बजे व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको निर्वाचन हुनेछ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिने छन् भने एमालेले देउवाका विरुद्ध उपाध्यक्ष बामदेव गौतमलाई अघि सार्ने बताएको छ ।