चितवन, १९ जेठ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले नेपालमै पहिलोपटक चश्मा बनाउने तालिम सुरु गरेको छ ।
परिषद्का क्षेत्रीय निर्देशक शिवहरि ढकालका अनुसार स्कुल अफ हेल्थ साइन्स भरतपुर, पोखरा र लहानमा सो तालिम सुरु गरिएको हो ।
भरतपुर र पोखरामा दुई चरणमा गरेर ८०÷८० जनालाई तालिम दिइँदै छ भने लहानमा ४० जनालाई तालिम दिइँदैछ । स्कुल अफ हेल्थ साइन्स भरतपुरका प्राचार्य अच्युत दाहालका अनुसार जुनियर अप्टिकल डिस्पेन्सर तालिममा १० कक्षा उत्तीर्ण भएकालाई सहभागि गराइएको छ ।
तीन महिनाका लागि पाठ््यक्रम तयार गरी तालिम सुरु गरेको हो । तालिममा सहभागिलाई चिकित्सकको सिफारिसमा चश्मा बनाउन र मर्मत गर्न सिकाइन्छ । भरतपुर आँखा अस्पताल, पोखराको हिमालयन आँखा अस्पताल र लहानको सगरमाथा चौधरी आँखा अस्पतालसँग सहकार्य गरेर तालिम दिइएको हो । भरतपुरमा पहिलो समूहले तालिम लिइसकेका छन् भने दोस्रो समूहका लागि विद्यार्थी भर्ना आह्वान गरिएको छ । अन्य दुई स्थानमा पहिलो समूहलाई तालिम दिने काम भइरहेको छ ।
स्कुल अफ हेल्थ साइन्स भरतपुरका सहायक प्राचार्य रमण मेहताका अनुसार तालिम लिनेलाई दैनिक खाजा खर्च र आवश्यक शैक्षिक सामग्रीसमेत उपलब्ध गराइएको छ । रासस