• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

अपहरणको नाटक गर्दै छोरा र श्रीमान्सँग फिरौती माग्दा…

  •  
  • शुक्रबार, जेठ १९, २०७४ / ८ वर्ष अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    झापा, १९ जेठ । जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै रु ३० लाख फिरौती माग्लिन् भन्ने कुनै छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै । आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमान्सँग त्यति ठूलो फिरौती रकम माग्ने झापा बिर्तामोड नगरपालिका–५ निवासी बबिता बस्नेत र हाँडीखोला–७ मकवानपुर (हाल मनोहरी गाउँपालिका–४) निवासी विष्णुबहादुर गोतामेलाई प्रहरीले बिहीबार पक्राउ गरेसँगै आमाले छोरासँग फिरौती रकम मागेको रहस्य बाहिर आएको हो ।

    गत जेठ ११ गते बबिता र विष्णु ११ बजे बबिताको घरबाट हिँडेका थिए । उनीहरुले विराटनगर पुगेर बबिताका दाजु कुलमणि बस्नेतलाई आफू अपहरणमा परेको भन्दै रु १० लाख फिरौती रकम मागेका थिए । साँझ ५ बजेर ३ मिनेट जाँदा बबिताले प्रयोग गर्ने मोबाइलबाट दाजु कुलमणि बस्नेतलाई “तेरी बहिनी मेरो कब्जामा छ, सकुशल चाहन्छस् भने रु १० लाख भनेको ठाउँमा ल्याइदे, नत्र बहिनी र तँ अनि तेरा छोराछोरीलाई खतरा हुन्छ” भन्दै फोन गरेको रेकर्ड प्रहरीले फेला पारेको छ । लगत्तै सोही मोबाइलबाट उनलाई सोही प्रकृतिको सन्देश पठाइएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले बताउनुभयो ।

    विराटनगरबाट बबिताका दाइ कुलमणिलाई फिरौतीको रकम मागेपछि भेडेटार गएर उनका श्रीमान् र छोरालाई फोन र एसएमएस गर्दै फिरौती रकम बढाएर रु ३० लाख पु¥याएको प्रहरीले जनाएको छ । “रकम दिने भए दे, नत्र तेरी श्रीमतीको लास कोसीको किनारमा भेटाउँछस्” भन्दै बबिताका श्रीमान्लाई गोतामेले बबिताकै नम्बर प्रयोग गरेर एसएमएस गरेको अनुसन्धानका क्रममा खुलेको इप्रका, अनारमनीका प्रहरी नायब उपरीक्षक थेवेले बताउनुभयो ।

    उहाँले भन्नुभयो – “११ गते बबिता बेपत्ता भएको भन्दै उनका श्रीमान् मेघराज चौहान र छोरा इप्रकामा आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । बबिताको फेसबुक आइडीबाट छोरा, श्रीमान् र दाजुलाई आफू अपहरणमा परेको र आफ्नो हालत यस्तो भएको भन्दै अडियोसहितको भिडियो म्यासेज पठाएर अपहरणमा परेको नाटक गरिएको प्रहरी नायब उपरीक्षक थेवेले बताउनुभयो । प्रहरी नायब उपरीक्षक थेवेका अनुसार उनका श्रीमान्ले रु १० लाखमात्र दिने भनेपछि पैसाको समेत फोटो खिचेर पठाउन बबिता र गोतामेले फेसबुकमार्फत नै सूचना पठाएको प्रहरीले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक थेवेले भन्नुभयो – “प्रहरी र उनका श्रीमान्ले नगद रु १० लाख बबिता सुत्ने खाटमा राखेर तस्बिर खिचेर म्यासेज बक्समा पठाएपछि उनीहरुले थप रु पाँच लाख मागे । सो रकमसमेत हामीले बन्दोबस्त गरेर फोटो पठाइदिएपछि पैसा लिने चाँजोपाँजो उनीहरुले मिलाए । पैसा लिन आउने गोतामेका भाञ्जा रहेछन्, अनुसन्धानका क्रममा भाञ्जाबाट उनीहरुको मोबाइल नम्बर पत्ता लगाएर उनीहरुलाई सर्लाहीको युनाइटेड होटलबाट पक्राउ गरेका हौँ ।”

    गोतामे र बबिता भागेर कसैले थाह नपाओस् भनी फिरौती रकम माग्दै स्थान परिवर्तन गर्दै बसे । प्रहरी नायब उपरीक्षक थेवेका अनुसार भागेको दिन विराटनगरबाट भेडेटार, १२ गते धरान चतारा हुँदै झुम्का, १३ गते वीरगन्ज, १४ गते सर्लाही, १५ र १६ गते पुनः वीरगन्जमा बसेका थिए । “जेठ १७ गते सर्लाहीको लालबन्दीको होटलमा रहेका बेला उनीहरुलाई हामीले पक्राउ गर्न सफल भयौँ” – थेवेले भन्नुभयो । बबिताका १८ वर्षका छोरा रहेको बताइएको छ ।

    उता गोतामेका श्रीमतीसहित दुई छोरी र एक छोरा छन् । गोतामे र बबिताले सहमतिमा भागेर विवाह गर्ने निर्णय गरेको र जेठी श्रीमतीलाई मिलाउन आफूले यो नाटक गरेको पक्राउ परेका गोतामेले प्रहरीसमक्ष स्वीकारेको बताइएको छ । पक्राउ परेका गोतामे वैदेशिक रोजगार कम्पनी चलाउने व्यवसायी भएको बताइन्छ । उनले भारतको सिलगढीमा बबितासँग मिलेर कार्यालय खोल्न लागेको समेत बताइएको छ ।

    अपहरणमा परेको नाटक गर्दै फिरौती रकम माग्ने बस्नेत र गोतामेलाई प्रहरीले थप अनुसन्धानका लागि इप्रका, अनारमनीमा राखेको प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो । रासस

    शुक्रबार, जेठ १९, २०७४ प्रकाशित
    संबन्धित शिर्षकहरु
    प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती
    १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन
    चितवनका युवा उद्यमी लम्साल सम्मानित
    यो पनि हेर्नुहोस
    मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना
    डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा
    बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal