भरतपुर,१९ जेठ ।
नेपाल लाईफ ईन्सुरेन्स कम्पनीले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका रामनगर–१, नवलपरासीका सुक विश्वकर्माका २ छोरालाई बाबुको जीवन वीमाबापतको ७ लाख ६ हजार १ सय १५ रुपैयाँ प्रदान गरेको छ ।
कम्पनीका चितवन शाखा प्रमुख चुडामणि सुवेदीले वीमाबापतको क्षतिपूर्ति रकम उनका दुई छोरालाई बिहीबार हस्तान्तरण गरे । विकको बैदेशिक रोजगारीका क्रममा साउदी अरबमा सुतिराखेकै अवस्थामा निधन भएको थियो । उनले ५ लाखको वैदेशिक रोजगार वीमा गरेबापत कम्पनीमा २ हजार ९ सय बुझाएका थिए । स्वर्गीय विककी श्रीमतीको पनि पहिले नै मृत्यु भइसकेको छ ।
उनका २ छोराहरु १७ र १३ वर्षका छन् । बाबुको वीमाबापतको रकम लिदै उनीहरुले अभिभावक गुमाएपनि पैसा अभावले नै पढाइमा बाधा आउने अवस्था टरेकोमा सन्तोष व्यक्त गरे ।