चितवन क्रिकेटको उर्वर भूमि हो । यहाँ धेरै क्रिकेट खेलिन्छ । चासो दिने युवा बेस्सरी भेटिन्छन् । यहीं अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु पक्कै पनि उत्साहको कुरा हो । यो रंगशालाले मात्रै क्रिकेट विकास गर्ने होइन, यसको बहुआयामिक पाटो हुन्छन् ।
पछिल्लो चर्चा र सफलता हेर्ने हो भने नेपालको सबैभन्दा उच्च तहमा पुग्न सफल खेल क्रिकेट हो । भलै अरु खेलबाट केही ठूला उपाधि पनि आएको भएपनि चर्चा र धेरै मान्छेमा चासो रहेको हिसाबले कयौं खेललाई क्रिकेटले जितेको छ । विश्वमा सबैभन्दा खेलिने र हेरिने खेल फुटबल भएपनि नेपालमा भने क्रिकेटको ‘चार्म’ विशेष छ ।
यो खेलमा अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाउनु उच्चतम उपलब्धी हो । यसलाई अझै टेस्ट मान्यता प्राप्त देशसम्म पु¥याउन वा कम्तीमा एकदिवसीयमै कायम राख्न पनि हाम्रा भौतिक संरचना र घरेलु प्रतियोगिताको वर्तमान अवस्था बेस्सरी सुधार गर्नुपर्छ । भौतिक संरचना सुधार गर्नु भनेको भएका मैदानका सुधार र नयाँ मैदान वा सके रंगशालाकै निर्माण गर्नु हो ।
यसैको प्रयास गरेका छन् सामाजिक अभियन्ताका रुपमा ठूलो प्रसिद्धि कमाएका कलाकारद्वय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको जोडीले । उनीहरुले केही वर्षदेखि धुर्मुस–सुन्तली फाउण्डेसन नामक गैरसरकारी संस्थामार्फत विभिन्न लोकप्रिय काम गर्दै आएका छन् । अहिलेसम्मको नैतिक बलका आधारमा उनीहरुले भरतपुरमा ३ अर्बको लागतमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेका छन् । भरतपुर महानगरपालिकासँगको समन्वयमा जनतासँगै हात थापेर सहयोग जुटाई रंगशाला बनाई छाड्ने संकल्पमा उनीहरु अघि बढेका छन् ।
चितवन क्रिकेटको उर्वर भूमि हो । यहाँ धेरै क्रिकेट खेलिन्छ । चासो दिने युवा बेस्सरी भेटिन्छन् । यहीं अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु पक्कै पनि उत्साहको कुरा हो । यो रंगशालाले मात्रै क्रिकेट विकास गर्ने होइन, यसको बहुआयामिक पाटो हुन्छन् । क्रिकेटले पर्यटन र व्यापारसँगै माथि उठाउँछ । देशको पहिचान बढाउँछ । राष्ट्रियता बढाउँछ । अन्तर्यमा हेर्ने हो भने सिंगो सरकार नै लागेर एउटा गैरसरकारी संस्थालाई जनतासँग हात थापेर रंगशाला बनाइदेऊ भनी याचना गर्नु लाचारीपन हो । सरकारले लाज मान्नुपर्ने हो । तर, त्यसो भनेर कसैले स्वतःस्फूर्तरुपमा लिएको यति ठूलो अगुवाइमा सकारात्मक नै बन्नुपर्छ । सबैले हातमा हात, काँधमा काँध मिलाउनुपर्छ । मुख्यकुरा रंगशाला बन्नुपर्छ ।
केन्द्रीय सरकार नेपाल कम्युनिष्ट पार्टीको छ । त्यस पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ का प्रतिनिधिसभा सांसद् छन् । उनकै छोरी रेनु भरतपुर महानगर प्रमुख छिन् । योभन्दा राजनीतिक अनुकूलता अरु हुनै सक्दैन । योभन्दा राम्रो ‘केमिष्ट्री’ अरु हुनै सक्दैन । यहीबेला भरतपुर महानगर एउटा पक्ष बनेर धुर्मुस–सुन्तलीलाई रंगशाला बनाउन यहाँ झिकाइएको छ । हुन त उनीहरु राजनीतिक व्यक्ति होइनन् । तर, उनीहरुको सफलतामा राजनीतिक वातावरणले ठूलो महत्व राख्छ ।
स्वाभाविकरुपमा रंगशालामा जनताको रगत पसिना मिसिनेवाला छ । सँगै जस लिने भरपुर अवसर महानगर र यसका नेतृत्वकर्ता रेनु दाहाललाई छ । धुर्मुस–सुन्तलीले यसअघि नै धेरै राम्रो काम गरेर सामाजिक मूल्य बढाइसकेका छन् । उनीहरुको लोकप्रियतालाई यो आयोजनाले थप उचाइमा पु¥याउने छ । राजनीतिकरुपमा सफल बन्नका लागि ठूलो कोसेढुंगा बन्न सक्छ यही रंगशाला रेनु दाहालको लागि पनि । त्यसैले देशकै ठूलो अन्तर्राष्ट्रिय रंगशाला बनाउनका लागि धुर्मुस–सुन्तलीले जति पसिना चुहाउँछन्, आमजनताले जति योगदान गर्छन्, त्यति नै वातावरण बनाइदिनुपर्छ सरकारले पनि । स्थानीय सरकारको हैसियतमा यसको सबैभन्दा ठूलो जिम्मेवारी भरतपुर महानगरपालिकाको छ ।
सम्पादकीय : क्रिकेट रंगशालाको बहुआयामिक पाटो
सम्पादकीय : क्रिकेट रंगशालाको बहुआयामिक पाटो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु