जेष्ठ १९ गते
किसानको समस्या वुझेर निति निर्माण गर्न नसके धेरै किसानहरु वेरोजगार हुन सक्ने खतरा औल्याईएको छ । राज्य नियन्त्रीत संस्थानबाटै किसान ठगिएको समेत उनीहरुको भनाई छ । १७ औं विश्व दुध दिवसको अवसरमा विहीवार पूर्वी चितवनको भण्डरामा आयोजित कार्यक्रममा वोल्ने किसान तथा यससंग सम्वन्धीत संस्थाका अगुवाहरुले यस्तो वताएका हुन् । केन्द्रिय दुग्ध उत्पादक संघका लेखा सदस्य एवंम जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका उपाध्यक्ष वालकृष्ण उप्रेतीले राज्यले किसानलाई संरक्षण नगरे धेरै किसान वेरोजगार हुने वताए । किसानको पक्षमा राज्य देखिदैन जिल्ला संघका उपाध्यक्ष उप्रेतीले भने – यसले गर्दा यहाँका ६५ प्रतिशत जनता वेरोजगार हुने अवस्था छ । किसानले लागत अनुसारको दुधको मुल्य पाउन नसकेको भन्दै उनले राज्य नियन्त्रीत संस्थानबाटै किसान ठगिरहेको आरोप लगाए । पानीको मुल्यमा दुध वेच्नु पर्ने अवस्था छ उनले थपे किसानको समस्या वुझ्न राज्यले सकेको छैन,जसका कारण घाटा व्यवहोर्नु पर्दा पशुपालन व्यवसाय धरापमा छ । हालै निर्वाचित जनप्रतिनिधीहरुले किसानको समस्या वुझ्दै पञ्चवर्षिय रणनैतिक योजना वनाउनु पर्ने उप्रेतीले सुझाव दिए । सहिद वलराम दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल भुषालले किसानको हितमा कोही नभएको दुखेसो पोखे । पशु आहारको मुल्य अत्याधिक रुपमा विक्री हुन्छ तर किसानले उत्पादन गरेको दुध पानीको मुल्यमा वेच्नु पर्छ सहकारीका अध्यक्ष भुषालले भने – सहज तरिकाबाट ऋण समेत पाउन मुस्किल छ,यसले कसरी किसानको हित हुन्छ । कार्यक्रमको प्रमुख अतिथी राप्ती
नगरपालिकाका मेयर प्रभा वरालले निर्वाहमुखी भन्दा व्यवसायिक पशुपालन तर् किसान प्रेरित हुनु पर्ने वताईन् । उनले लगानी अनुसार श्रमलाई समेत हिसाव गरेर किसानलाई दुधको मुल्य र अनुदान दिलाउने गरी निति निर्माण गर्नु पर्ने औल्याईन् । आफ्नो पाँच वर्षे कार्यकालमा किसानलाई प्रोत्साहित गर्ने गरी कार्यक्रम ल्याउने मेयर वरालले वताईन् । उपमेयर इमानसिंह लामाले किसानको जीवनस्तर उठाउन आफु गम्भीर भएर लाग्ने वताए । किसानको समस्या मैले वुझेको छु उपमेयर लामाले भने – किसानको जीवनस्तर उकास्न उनीहरुकै सहभागीतामा योजना निर्माण गर्नेछौ । राप्ती नगरपालिकामा रहेका भण्डारा दुग्ध उत्पादक सहकारी संस्था,परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्था,सहिद वलराम दुग्ध उत्पादक सहकारी संस्था,जनमुखी दुग्ध उत्पादक सहकारी संस्था र भगवती दुग्ध उत्पादक सहकारी संस्थाको आयोजना तथा जिल्ला पशु सेवा कार्यालय चितवन र पशु सेवा केन्द्र भण्डाराको संयोजनमा कार्यक्रम भएको थियो । भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय चितवनका पशु चिकित्सक अर्जुन थपलिया,राप्ती ५ की वडाध्यक्ष मेनुका पाठक,परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष श्रीधर प्रसाद उप्रेती लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा राप्ती नगरपालिकामा निर्वाचित मेयर ,उपमेयर,वडाध्यक्षहरुलाई ति संस्थाहरुले सयुक्त रुपमा स्वागतसहित सम्मान गरेका थिए । सो अवसरमा दुधको प्रर्वद्धनका उत्प्रेरित गराउन सहभागीहरुलाई दही खुवाईएको थियो । कार्यक्रम अघि पशु सेवा केन्दको कार्यालयदेखी भण्डारा चोक सम्म प्रभातफेरी समेत निकालिएको थियो ।
पशुपालक कृषक वगाले काठमाडौमा सम्मानित रत्ननगरका पशुपालक कृषक किशोर वगाले काठमाडौमा सम्मानित भएका छन् । १७
औं विश्व दुध दिवसको अवसर पारेर राष्ट्रिय दुग्ध विकास वोर्डले वगालेलाई सम्मान गरेको हो । पशु पंक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जदेगुले वगालेलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मानित गरेका थिए । चितवनबाट सिफारिस भएका चार जनामा छनौट भएर वगाले सम्मानित भएका हुन् । जिल्ला पशु सेवा कार्यालय चितवनले जिल्लाका चार जना पशुपालक कृषकको नाम सिफारीस गरेकोमा वोर्डले
वगालेलाई छनौट गरेको थियो । सम्मानित वगाले गोरखकाली गाई फर्मका संचालक तथा व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरका अध्यक्ष समेत हुन । उनकै पहलमा करिव २ वर्ष अघि समाजको स्थापना गरिएको थियो ।
यसैबीच व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरले श्रीराम वैदिक सस्कृत गुरुकुलम जयमंगलामा अध्ययन गरिहेका वटुकहरुलाई खिर खुवाएर दिवस मनाएका हुन् । समितिले गुरुकुलमका ६० जना वटुक तथा शिक्षकहरुलाई खिर खुवाएको हो । नागरिकले अमृतको रुपमा लिईदै आएको दुधलाई संस्कृतसंग जोडिएको विषयसंग जोडेर दुध दिवस मनाईएको समन्वय समितिका अध्यक्ष
किशोर वगालेले वताए । समन्वय समितिले रत्ननगरलाई व्यवसायिक पशुपालनको रुपमा विकास गर्ने विभिन्न प्रर्वधनात्मक कार्यक्रम गर्दै आएको छ ।
राज्यले संरक्षण नगरे ६५ प्रतिशत किसान वेरोजगार
राज्यले संरक्षण नगरे ६५ प्रतिशत किसान वेरोजगार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस