हेम रोकाहा/कायाकैरन
भरतपुर,१९ जेठ /तोकिएको भन्दा अत्याधिक मात्रामा विद्युतीय रिक्सा (ई–रिक्सा) भरतपुरमा सञ्चालनमा आएपछि यसको व्यवस्थापनको आवश्यकता देखिएको छ । ई–रिक्साको चाप बढेर ट्राफिक व्यवस्थापनलगायतका कार्यहरुमा चुनौति देखिएपछि यसको व्यवस्थापनको लागि सम्बन्धीत निकायको ध्यानाकर्षण भएको छ । भरतपुर महानगरपालिकाले ई–रिक्साको नयाँ सञ्चालन अनुमतिमा रोक लाई भएका ई–रिक्साहरुको व्यवस्थापनको लागि पहल थालेको छ ।
भरतपुरमा सञ्चालनमा रहेका १ हजार ४२६ पेडल रिक्सामध्ये ९१२ वटा पुराना पेडल रिक्साको सट्टा ३०४ वटा ई–रिक्सा प्रतिस्थापन गर्ने सहमती तत्कालिन भरतपुर उपमहानगरपालिकाको कार्यालय, ट्राफिक प्रहरी कार्यालय, जिल्लाका विभिन्न दलका प्रतिनिधि र रिक्सा व्यवसायी समितिबीच भएको थियो । अहिले भरतपुरमा कति ई–रिक्सा सञ्चालनमा छन् भन्ने यकिन तथ्यांक कुनै पनि निकायसँग छैन । हाल २ हजार भन्दा पनि बढि ई–रिक्सा र अटो रिक्सा (पेट्रोलबाट चल्ने) सञ्चालनमा रहेको भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेम राज जोशीको अनुमान छ ।
ई–रिक्सा र अटो रिक्सा मुख्य राजमार्गमा चल्न नपाइने भएपनि हाल राजमार्ग पनि चलाइरहेको पाइएको उनी बताउँछन् । ई–रिक्सा भित्री सडकहरुमा मात्रै चलाउनको लागि यातायात व्यवस्था कार्यलयले अनुमति दिएको भन्दै उनले मुख्य राजमार्ग क्रससम्म गर्न पाउने बताए । “यस्ता ई–रिक्सा र अटो रिक्सा हाइवेमा चल्न पाउँदैनन्” उनले भने, “भित्री बाटोमा जानको लागि हाइवे क्रससम्म गर्न पाउने व्यवस्था । तर अहिले भने हाइवेमा पनि चलिरहेकै देखिन्छ ।” यसबाट मुख्यतः राजमार्गको ट्राफिक व्यवस्थापनमा ठूलो समयस्या ल्याएको जोशीले बताए । राजमार्गमा ई–रिक्सा चल्दा दुर्घटना बढन् गएको उनको भनाइ छ । भरतपुरलाई वातावरणमैत्री बनाउन ई–रिक्साको अवधारण ल्याइएको भएपनि अहिले नगर प्रदुषित देखिएको उनले बताए । जोशीले भने, “सार्वजनिकस्थलहरुमा यिनीहरुको सिन्डीकेट जस्तो अथवा दादागिरी जस्तो अवस्था देखिएको छ ।” अनुमति दिइएको भन्दा चार÷पाँच गुणा बढि ई–रिक्सा सञ्चालनमा आउँदा समस्या देखिएकाले यसको व्यवस्थान गर्न पहल सुरु गरिएको उनले बताए ।
महानगरमा सञ्चालन हुने गरी अबका दिनमा ई–रिक्सा सञ्चालन अनुमति नदिन यातायात व्यवस्था कार्यलय भरतपुर, यातायात व्यवस्था कार्यलय वीरगञ्ज, यातायात व्यवस्था विभाग काठमाडौँ, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्र पढाइएको उनले बताए । यसको साथै म्याजिक भ्यान व्यवस्थापनको लागि पनि पहल थालिएको उनले बताए । “अत्याधिक म्याजिक भ्यान सञ्चालन हुँदा पनि समस्या आएको छ” उनले भने, “तीब्र गतिमा चलाउने र जहाँपायो त्यहाँ रोक्ने प्रवृतिले ट्राफिक व्यवस्थापनमा समस्या ल्याएको छ ।” जनप्रतिनिधि आइसकेपछि यसको व्यवस्थापनमा अझ सहज हुने उनी बताउँछन् ।
ठूला सवारी साधनलाई बढावा
महानगरको सवारी व्यवस्थापनको लागि मास ट्रान्स्पोर्टेसन अर्थात ठूला सवारी साधन जस्तै सिटि बसलाई बढावा दिइने कार्यकारी अधिकृत जोशीले बताए । “अबका दिनमा महानगरको लागि ठूला सुविधा सम्पन्न सिटी बसको आवश्यता छ” उनले भने, “एक सय जना क्षमता भएको नभएपनि ५०÷६० जनाको क्षमता भएको ठूला सवारी साधन चाहिएको छ । अहिले सरकारले पनि ठूला सवारी साधनलाई प्रोत्साहन गरिरहेको अवस्था छ ।” यदि महानगरमा ५० जनाको क्षमता भएको एउटा सिटि बस चलाउँदा १०÷१२ वटा ई–रिक्साको व्यवस्थापन गर्न सकिने उनले बताए । र अहिलेको अवस्थामा यात्रुहरुले पनि आरामदायी किसिमको ठूला सवारी साधन चाहेको जोशीले बताए ।
ई–रिक्सा र म्याजिक भ्यान व्यवस्थापन गरिने
ई–रिक्सा र म्याजिक भ्यान व्यवस्थापन गरिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस