१८ जेठ । भरतपुर महानगरपालिका वडा न १९को मतगणना क्रममा रहेको ९९८ मतपत्र मध्य ९० वटा मतपत्र च्यातिएर गन्न नसकिने अवस्थामा पाइएको छ । क्षति पुगेका मतको संख्या यकिन गर्न पोका खोल्ने क्रममा ९० वटा मत क्षतिपुगेको अवस्थामा पाइएको हो ।
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको नेतृत्वमा राजनीतिक दल , प्रमखु जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा शिलबन्दी गरेर राखिएका पोका खोलिएको थियो । अब मुख्य निर्वाचन कार्यालयले क्षति पुगेको मतको संख्या उल्लेख गरी निर्वाचन आयोगलाई जानकारी गराएपछि पुनः मतदान वा मतगणना गर्ने भन्ने विषयमा आयोगले निर्णय लिनेछ ।
भरतपुर मतगणना बिबाद : ९० मतपत्र च्यातिएर गन्न नसकिने अवस्थामा
भरतपुर मतगणना बिबाद : ९० मतपत्र च्यातिएर गन्न नसकिने अवस्थामा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस