१८ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता धरौटीमा रिहा भएका छन् ।
मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटी जनही १ लाख धरौटीमा रिहा भएका हुन ।
।
जिल्ला अदालत चितवनका न्यायधीश बासुदेव पौडेलको इजलासले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा १६ माको उपदफा २ बमोजिम धरौटीमा छाड्न आदेश दिएको हो ।