प्रमिता ढकाल
२७ पुष ।
१२ औं चितवन महोत्सव अन्र्तगत नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको ‘मेड इन नेपाल’ प्रदर्शनीको बिहीबार उद्घाटन गरिएको छ । स्वदेशमा उत्पादित वस्तु तथा सेवाका बारेमा उपभोक्तालाई जानकारी गराई स्वदेशी उत्पादन प्रयोगमा आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको चितवन महोत्सव–२०७५ का संयोजक सहनलाल प्रधान र नेपाली युवा उद्यमी मञ्च चितवनका निवर्तमान अध्यक्ष निर्देश सेढाईले संयुक्तरुपमा समुद्घाटन गरे ।
नेपाली युवा उद्यमी मञ्चले ‘आफ्नो भनेको आफ्नै हो’ नारासहित प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनीको सातौं संस्करण चितवनमा आयोजना गरिएको हो । यो परिसरमा २२ स्टल छन् । नेपालमै उत्पादित माइनस ३ सय २१ डिग्रीमा बन्ने आइसक्रिम, कंक्रिटका वस्तु, मार्वल, फलामका झ्यालढोका, स्टिलका उत्पादन, पेन्ट्स, गार्मेन्ट, जुस, काठका सामान, प्लाष्टिकका उत्पादनजस्ता स्तरीय नेपाली उत्पादनलाई मेड इन नेपालले समेटेको छ ।
नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष निरञ्जन न्यौपानेले छोटो समयमा गरीएको तयारीका बाबजुत उद्यमीहरुले सकारात्मक सहयोग गरिदिँदा प्रदर्शनी सम्भव भएको उल्लेख गरे ।
मेड इन नेपाल उद्घाटन
मेड इन नेपाल उद्घाटन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस