चितवन, वैशाख २६ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्व रक्षा मन्त्री राम बहादुर थापा बादलले जनताको पक्षमा काम गर्ने उम्मेद्वारलाई मतदान गर्न मतदातालाई सुझाव दिनुभएको छ ।
चितवनको रत्ननगर नगरपालिकाका उम्मेद्वारको पक्षमा भोट माग्दै नेता थापाले आज माओवादी केन्द्रले जनताको पक्षमा काम गरेकाले उसकै उम्मेद्वारलाई भोट हाल्न आग्रह गर्नुभएको हो ।
गणतन्त्र ,धर्मनिरपेक्षता,संघीयता लगाएतका प्राप्त उपलब्धीलाई रक्षा र संस्थागत गर्न माओवादी केन्द्रलाई जिताउनु पर्ने बताउनु भयो ।
नेता बादलले माओवादी केन्द्रले निर्वाचन हारे प्राप्त उपलब्धी गुम्न सक्ने चेतावनी दिनुभयो ।
आसन्न स्थानीय तहको निर्वाचनको लागी नेकपा माओवादी केन्द्र रत्ननगरले आज मंगलबार रत्ननगरका वडा नं २,१४ र १६ मा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएकोे थियो ।
चुनाव प्रचार प्रसारको लागी भोट माग्न माओवादी केन्द्रले गरेको घरदैलो कार्यक्रमलाई सम्वोधन गदै मेयर पदका उम्मेदवार पूर्ण अम्गाई सुवोधले केन्द्रको जितले नगरको विकास र आर्थिक समृद्धि हुने बताउनुभएको छ ।
अघिल्ला चुनावमा जनताले आश्वासन मात्र पाएकाले अब स्थानीय तहबाट अघिल्ला आश्वासन पुरा गर्ने दावी गर्नुभयो ।
सो अवसरमा वोल्दै उपमेयर पदकी उम्मेदवार संगिता भट्टराईले रत्ननगर नगरपालिकालाई नमुना नगर बनाउनको लागी माओवादी केन्द्रलाई विजयी गराउन मतदातालाई आग्रह गर्नुभयो ।
भट्टराईले नगरमा शिक्षाका साथसाथै स्वास्थ्य, विकास निर्माण र ग्रामीण बस्तीका समस्या समाधानको लागी आफूले उपमेयर पदको उम्मेदवार दिएको बताउनुभयो ।
कार्यक्रममा नगर ईन्चार्ज कन्चन खनाल, केन्द्रिय सदस्यहरु विजय हमाल,हुतराज पाण्डे, वाईसीएलका प्रकाश पराजुली, वडा नं २ का वडा अध्यक्षका उम्मेदवार नारायणकाजी श्रेष्ठ, वडा नं १४का वडाध्यक्षका उम्मेदवार विष्णु पोखरेल र वडा नं. १६ का अध्यक्षका उम्मेदवार पुरुषोत्तम लामिछाने लगाएतले बोल्नुभएको थियो ।
यता रत्ननगरका विभिन्न वडाहरुमा पनि नेकपा माओवादी केन्द्रलाई जिताउन वडा अध्यक्षका उम्मेदवार,वडा सदस्यका उम्मेदवार सहित सयौ कार्यकर्ताले विभिन्न क्षेत्रमा पुगेर घरदैलो तथा मतदाताहरुसँग भोट मागेका छन ।