१७ जेठ । भरतपुर महानगरपालिकामा पतपत्र च्यात्ने जो सुकै भएपनि कारबाही हुने प्रधानमन्त्री पुष्पमल दाहाल प्रचण्डले बताएका छन् ।
आज बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रचण्डले निर्वाचन आयोगको अनुगमन टोलीले दिएको प्रतिवेदन अनुसार आवश्यक कदम चाल्ने बताए । उनले मतपत्र च्यात्ने व्यक्ति माओवादीकै भए पनि कारबाही हुने बताए ।
जेठ १५ गते मध्यरातमा भरतपुर महानगरपालिकाको मतगणना भइरहेको बेला परिणामप्रति असन्तुष्ट पक्षले मतपत्र च्यातेको थियो । एमाले र माओवादीले एकअर्कालाई मतपत्र च्यातेको आरोप लगाउँदै आएका छन् ।
प्रहरीले मतपत्र च्यातेको भन्दै माओवादीका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । सो घटनाको छानविन गर्न निर्वाचन आयोगले अनुगममन टोली गठन गरेको थियो । भरतपुरको घटना बुझेर अनुगमन टोली मंगलबार नै राजधानी फर्किसकेको छ ।