भरतपुर, १६ मंसीर
अरोमा इंग्लिस स्कुल भरतपुरले अरोमा स्काउट टुप दोस्रो दीक्षान्त कार्यक्रम गरेको छ । नेपाल स्काउट चितवनका जिल्ला समन्वय आयुक्त रामप्रसाद पोखरेलले स्काउटले आँफु बच्न र अरुलाई कसरी बचाउन सकिन्छ भन्ने कला सिकाउने कुरा बताए । अरोमा माविका प्रचार्य शेरबहादुर क्षेत्रीका स्काउटले मानिसलाई मेहनति, अनुशासित र कर्तव्यनिष्ट हुन सिकाउने बताए । प्रावि तह प्रमुख स्काउटर लेखनाथ पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, अरोमा स्कुल प्रालिका कोषाध्यक्ष भीम नारायण अधिकारी, नेपाल स्काउट चितवनका जिल्ला कार्यक्रम आयुक्त जर्नादन ढकाल, विद्यालयको मावि तह प्रमुख राम कुमारी थापा रहेका थिए ।
समारोहमा ४८ जना विद्यार्थीलाई स्काउट दिक्षान्त शमारोहमा सहभागी गराएको छ । उनीहरुले तिन महिने स्काउट तालिम लिए पछि बल्ल स्काउटर हुन पाउने नेपाल स्काउट चितवन शाखाका तालिम संचालक शिव बरालले बताए । कार्यक्रममा विद्यार्थीहरुले मानव पिरामिड, विविध सास्कृतिक कार्यक्रम, क्याम्प फायर, मार्चपास गरेका थिए ।
अरोमामा स्काउट दीक्षान्त
अरोमामा स्काउट दीक्षान्त

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस