१७ जेठ । भरतपुर महानगरपालिकाको मतगणना बिवादले संसद् अबरुद्ध भयको छ । भरतपुर महानगरपालिकाको मतगणना गर्न माग गर्दै एमालेले संसद् बैठक अवरोध गरेको हो ।
बैठकमा बोल्दै एमाले सांसद सुरेन्द्र पाण्डेले भरतपुर महानगर–१९ मा मतगणना नहुने हो भने देशभर चुनाव नहुने चेतावनी दिए । एमाले सांसदको अवरोधपछि बैठक जेठ १८ गते बिहीबार दिनको १ बजेसम्मलाई बैठक स्थगित भएको छ । एमालेले मतपत्र च्यात्नेमाथि तत्काल कारबाही गर्न र अविलम्ब मतगणना सुरु गर्न माग गर्दै आएको छ ।