भरतपुर, ४ मंसीर
लोकतन्त्रका लागि सक्रिय भरतपुर–१८ भुवनवस्तीकी कृष्णमाया अर्यालको सोमबार राती निधन भएको छ । ७५ वर्षिया कृष्णमायाको देवघाटमा अन्त्योष्टी गरिएको छ । उनको पार्थीव शरिरमा कांग्रेस चितवनका सचिव उत्तम जोशी, राजीव न्यौपाने, कोषाध्यक्ष शंकर कँडेल, भरतपुर महानगरका उपमेयर पार्वती शाह लगायतले पार्टीको झण्डा ओढाएर श्रदाञ्जली व्यक्त गरेका थिए ।
प्रदेश सांसद बलराम पौडेल, भरतपुर– १८ का वडाध्यक्ष दिपक लामा, काँग्रेस महासमिती सदस्य दिर्घमान श्रेष्ठ, साविक चित्रवन नगरपालिका अध्यक्ष शालिग्राम पौडेल, भरतपुर–१८ कांग्रेस वुथ संयोजक रामकृष्ण पण्डीत, क्षेत्रीय प्रतिनिधि विष्णु ढकाल लगायतले उनको निधनले पार्टीलाई ठूलो क्षती भएको बताए । उनी महिला अधिकारको आन्दोलनमा समेत सक्रिय थिइन् । उनी ८ वर्षदेखि बिरामी थिइन् । उनका ४ छोरा, २ छोरी र श्रीमान छन् ।
कृष्णमाया अर्यालको निधन
कृष्णमाया अर्यालको निधन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस