भरतपुर, २ मंसिर
साहित्य संगम चितवनले शनिबार विशेष कार्यक्रम आयोजना गरी साहित्यकार प्रकाश चापागाईंलाई मदनमोहन जोशी स्मृति पुरस्कार–२०७५ बाट सम्मान एवं पुरस्कृत गरेको छ ।
सप्तगण्डकी बहुमुखी क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा संगमले नगद १० हजार १ सय १० रुपैयाँ राशीको पुरस्कारबाट पुरस्कृत गरेको हो । सम्मानित व्यक्तिको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै समीक्षक डा. होमनाथ सापकोटाले कवि चापागाईं छन्द कविता लेखनमा देशभरमै औँलामा गन्न सकिने व्यक्तिभित्र पर्ने बताए ।
सापकोटाले चापागाईंका रचनामा विद्रोह, व्यंग्य चेतना, समाज सुधारको अपेक्षा पाइने बताए । स्वर्गीय मदनमोहन जोशी र पुरस्कारका बारेमा समीक्षकद्वय इन्द्र रेग्मी र रामहरि श्रेष्ठले जानकारी दिएका थिए । कार्यक्रममा बालकवि गरिमा जोशी, नारायणप्रसाद पोखरेलले कविता वाचन गरेका थिए । पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खे साइँलो, प्राध्यापक धर्म थापा, विद्या जोशीलगायतले पुरस्कृत व्यक्तित्व चापागाईंलाई शुभकामना व्यक्त गरेका थिए । राजेन्द्र घायलले सञ्चालन गरेको कार्यक्रम साहित्य संगमका अध्यक्ष द्वारिका नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मनमोहन जोशी स्मृति पुरस्कार चापागाईंलाई
मनमोहन जोशी स्मृति पुरस्कार चापागाईंलाई

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस