१६ जेठ ।
मञ्जरी ग्रुपले आयोजना गरेको मिष्टर एण्ड मिस चितवन एसइइको उपाधि सफल गुप्ता केसि र सर्मपना क्षेत्रीले जितेका छन । सोमवार मध्यरातमा सकिएको कार्यक्रममा माडिका क्षितिज गुरुङ र कावासोतिकी सुमिता थापा मगर फस्ट रनर अप , गैडाकोटका प्रिन्स सदाशंकर र रामपुर शारदानगरकी सविना रानाभाट सेकेण्ड रनर अप भएका थिए । प्रतियोगितामा दृष्टान्त वावु तिवारी र संगम कार्कि र्थड रनर अप, दिपक कडेल र श्रीना न्यौपाने फोर्थ रनर अप भएका थिए । सर्मपनाले उपाधिसंगै फोटोजेनिक र प्रिन्सले सेकेण्ड रनर अपसंगै मोष्ट ट्यालेण्ट उपाधि समेत आफ्ना पोल्टामा पारे । यसैगरी अर्गनाइजर च्वाइस अमृता तामाङ, बेष्ट ड्रेस सृष्टि गुरुङ, मोष्ट कन्फिडेण्ट सिसम गुरुङ, पव्लिक च्वाइस दृष्टान्त वावु तिवारी, कन्जिनालिटी दिपक कडेल, वेष्ट वाक संगम कार्कि, वेष्ट पर्सनालिटी श्रीना न्यौपाने,डिसिप्लिन रिया बस्नेत, मोष्ट पंचुअल श्रीया भट्टराइ परेका थिए ।कार्यक्रममा मिष्टर नेपाल २०१५ सन्दिप पोखरले, इभेण्ट अर्गनाइजर एवं एक्ट्रेस सृजना पोखरेल, मिस एरोमा चितवन २०१७ प्रिया शर्मा र युवा व्यवसायी रुविन रामुदामु निर्णायक मण्डल रहेका थिए । एरोमा कलेज अफ फेशनका लागी अनिता तामाङ र सविना राइले तयार पारेका पहिरन तथा प्रज्ञा तिवारीको कोरियोग्राफिमा प्रतियोगितामा सञ्चालन भएको थियो । कार्यक्रम मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आलेको अध्यक्षतामा सम्पन्न भएको हो ।