मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगलादेशको आँधीका कारण देशका विभिन्न भागमा मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
वंगालको खाडीमा विकसित भै बंगलादेशको चित्तगोंगको जमिन तर्फ अगाडी बढिरहेको सामुद्रिक चक्रवात मोरा अपरान्ह अगाडीनै जमिनको भु–भागमा प्रवेश गरि उत्तर/उत्तर पूर्व लाग्न सक्ने प्रक्षेपण गरिएको छ।
उक्त चक्राबतको कारणले नेपालको मौसममा बदलि भइ नेपालको पूर्व तथा मध्यका केही स्थानहरुमा मध्यम देखि भारी वर्षा हुन सक्ने साथै पूर्व तथा मध्य क्षेत्रको उच्च पहाडी भेगमा मध्यम देखि बाक्लो हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।