धु्रवराज खनाल
कार्तिक २२ गते । चितवनको राप्ती नगरपालिका १ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समुहले विष प्रयोग गरी लाखौको क्षती पुर्याएको छ । स्थानीय रत्नवहादुर वर्तौलाको माछापोखरीमा बुधवार अज्ञात समुहले विष हाल्दा करिव १० लाख वरावरको क्षती भएको हो । उनको करिव ६ कठ्ठा क्षेत्रफल मध्ये ४ कठ्ठामा माछापोखरी छ । बुधवार विहान ४ वजेसम्म केही नभएको वताउँदै वर्तौलाले ५ वजेतिर माछा एकाएक मर्न थालेपछि पोखरीमा हेर्दा विषको वट्टा फेला पारेका थिए । लगभग तयारीमा अवस्थामा रहेको माछामा अज्ञात समुहले विष हाल्दा ९,१० लाख वरावरको क्षती भएको उनले वताए । अघिल्लो वर्ष पनि अज्ञात समुहलेनै उनको माछापोखरीमा विष हालिदिएका थिए । त्यति वेला पनि प्रहरीले कोही पक्रन सकेन् । त्यो वेला करिव ४,५ वरावरको क्षती भएको थियो । वेच्न सुरु गरेको अवस्थामा कुन पापीले विष हालेर सखाप पारिदियो माछापालक किसान वर्तौलाले भने – कुनै पनि हालतमा अपराधी पत्ता लगाई कारवाही गरियोस् । तीन वर्ष अघि मात्रै उनले माछापाल्न सुरु गरेका थिए । माछापालेरै उनले आफ्नो ७ जनाको परिवार पाल्दै आएका थिए । परिवार पाल्ने अरु कुनै आधार थिएन यही एउटा आधार थियो उनले भने – सहकारीबाट ऋण गरेर व्यवसाय गरे,अव त्यो ऋण कसरी तिर्ने । साना किसान कृषि सहकारी,समाज कल्याण वचत तथा ऋण सहकारी लगायतमा गरी ९ लाख ऋण रहेको उनले सुनाए । भात खाने ठाउँ मासेर पोखरी वनाईयो भत्कानिदै वर्तौलाले थपे –मैले केही अन्याय गरेको छैन् अव वालवच्चा कसरी पाल्नु । स्थानीय माछापालक कृषक राजु पाठकले माछापालन गरेरै जिविकोपार्जन गर्दै आएका वर्तौलाले सरकारले अपराधीलाई पक्राउ गरि न्याय दिलाउनु पर्ने वताए । प्रहरीले भने अपराधमा सलग्नको खोजी भईरहेको जनाएको छ । राप्ती नगरपालिका १ मा करिव २५ विगाहा जमिनमा माछापालन गरिदै आएको छ ।
तिहारका वेला अज्ञातसमुहद्धारा माछापोखरीमा विष हाल्दा लाखौको क्षती, पीडित भन्छन्– ऋण कसरी तिर्ने
तिहारका वेला अज्ञातसमुहद्धारा माछापोखरीमा विष हाल्दा लाखौको क्षती, पीडित भन्छन्– ऋण कसरी तिर्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस