होमराज रानाभाट
बुलिगंटार कात्र्तिक २० गते । पुर्बी नवलपरासीको बुलिगंटार गाउँपालिका वडा नं २ डाडाँझेरी भागंबारीमा धान झार्न प्रयोग हुने थे्रसर संगैं जोडिएको ट्याक्टर पल्टिदाँ एक जनाको ज्यान गएको छ । जिल्लाको बिकट गाउँमा सो घटना भएको हो ।



गए राती धान झार्न प्रयोग हुने थ्रेसर र सो संगै जोडिएको लु ३ त ६९०४ नंम्बरको ट्याक्टरका चालक बुलिगंटार गाउँपालिका ३ का बिष्णुहरि कुमालले अत्यधिक मादक पदार्थ सेबन गरि मेशिन चलाउँदा अनियन्त्रित भै ट्याक्टर पल्टन पुग्दा बुलिगंटार गाउँपालिका वडा नं २ डाडाँझेरी स्थित गोरखनाथ प्राथमिक बिद्यालय का बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष २९ बर्षीय भेटन बहादुर पुलामी मगरको घटनास्थलमा ज्यान गएको प्रहरी चौकी बुलिगंटारले जनाएको छ ।
साँझ परे पछि थन्कयाएर राखिसकेको सो मेशिन र ट्याकटरलाई मादक पदार्थ सेबन गरि जथाभाबी चलाउन थाले पछि टयाक्टर पल्टन पुगेको र नजिकै रहेका पुलामी मगरलाई ट्याक्टरले पल्टेर किल्चेको प्रहरीले जनाएको छ ।
प्रहरीले मेशिन ,ट्याक्टर र चालक बिष्णुहरि कुमाललाई नियन्त्रणमा लिई आबश्यक प्रकृया शुरु गरको जनाएको छ । लाश पोष्टमार्टम लगायत सबै प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा पठाईएको बुलिगंटार गाउँपालिकाका अध्यक्ष शसिकिरण बस्ताकोटीले बताउनुभयो ।


