धु्रवराज खनाल
रत्ननगर,२० कार्तिक
प्रदेश सरकारले एक जिल्ला एक कोल्ड स्टोर (शीत भण्डार) स्थापना गर्ने निर्णय पछि स्थानीय तह जग्गा खोज्नेदेखी कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारे सक्रिय भएको छ । प्रदेश नम्वर ३ अन्र्तगत चितवन जिल्लामा पनि चालु आर्थिक वर्षमा एउटा कोल्ड स्टोर स्थापना गर्न बजेट परेपछि स्थानीय तहले तदारुकता देखाएका हुन् ।
पश्चिम चितवनमा एउटा कोल्ड स्टोर रहेकाले पूर्वी चितवनमा चालु आर्थिक वर्षमा कोल्ड स्टोर स्थापना गर्ने प्रदेश सरकारले संकेत गरेको छ । प्रदेश सरकारबाट प्रतिवद्धता माग भए वमोजिम खैरहनी नगरपालिका जग्गा उपलव्ध गराउन सकारात्मक देखिएको छ । त्यसैको प्रक्रियाका लागि खैरहनी नगरपालिकाले सोमबार नगर भित्र रहेका विभिन्न सहकारी संस्थाका प्रमुख एवंम् प्रतिनिधीसंग अन्र्तक्रिया गरेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कोल्ड स्टोर निर्माणका लागि ४ करोड रुपैया विनियोजन गरेको छ ।
“प्रदेश सरकारले बजेट समेत विनियोजन गरिसकेको जानकारी आएको छ”, खैरहनीका मेयर लालमणी चौधरीले भने, “पूर्वी चितवनलाई मध्यनजर गर्दै हामी जग्गा उपलव्ध गराउन सकारात्मक छौ, सहकारीसँग मिलेर हामी काम गर्छौ ।” प्रदेश सरकारले खैरहनीमा कोल्ड स्टोर निर्माण गर्न चाहे नगरपालिकाको ९ नम्वर वार्ड सिमलटाँडी स्थित हाल वन्द रहेको आधारभुत विद्यालयको जग्गा र नगरपालिकाको ३ नम्वर वार्ड कार्यालय बन्दै गरेको जग्गा नजिकै आवश्यक जग्गा उपलव्ध गराउने जनाएको छ । बाटोघाटो र सवै क्षेत्रबाट नजिक रहेकाले सिमलटाँडीमै जग्गा उपयुक्त हुने प्रदेश सरकारले बताइ सकेको छ । नयाँ बन्ने कोल्डस्टोर आधुनिक हुनेछ ।
“विगतमा आलु प्याजमात्र राख्न मिल्ने गरी निर्माण गरिन्थ्यो”, खैरहनीका मेयर चौधरीले भने, “अब वन्ने कोल्डस्टोरमा तरकार, फलफुल, दुग्धजन्य पदार्थ, माछामासु समेत राख्न मिल्नेछ ।” यदि प्रदेश सरकारले खैरहनीमा कोल्ड स्टोर स्थापना गने निर्णय गरे प्रदेश सरकार, स्थानीय तह र सहकारी मिलेर निर्माण गरिने खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शमाले बताए । कोल्डस्टोरका लागि प्रदेश सरकारले ४ करोड वजेट विनियोजन गरेकोमा अपुग रहे नगरपालिका र सहकारीले लगानी गर्ने उनले बताए । अन्र्तक्रिया कार्यक्रममा सहकारीकर्मीहरुले कोल्डस्टोरको कुल लागत,दिगोपना लगायतकाबारेमा विस्तृत अध्ययन गरेर मात्रै अगाडी बढ्नु पर्नेमा जोड दिए । साथै उनीहरुले कोल्डस्टोर निर्माणका लागि लगानी र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । खैरहनी नगरपालिका भित्र करिव ६० वटा विभिन्न सहकारी संस्था छन् । कार्यक्रममा सहकारीकर्मीहरु गीता केसी, गीतानाथ अर्याल, शम्भु लामिछाने, सुशिला उप्रेती लगायतले कोल्डस्टोर नगर भित्र वनाउनु पर्ने भन्दै सहयोग गर्ने प्रतिवद्धता जनाए । खैरहनी मेयर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर सुनिता थपलिया,प्रमुख प्रशासकिय अधिकृत शर्मा,प्रशासकिय अधिकृत प्रकाशचन्द्र पौडेल लगायत सहकारीका अध्यक्ष ,व्यवस्थापकहरुको सहभागीता रहेको थियो ।
शीत भण्डार निर्माणका लागि सहकारीहरु सहमत
शीत भण्डार निर्माणका लागि सहकारीहरु सहमत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस