१६ जेठ ।
नेपाली सेनाको (स्काइ ट्रक) विमान बाजुरामा दुर्घटना हुँदा विमानका चालक महासेनानी कैलास गुरुङको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा गुरुङको मृत्यु भएको बाजुरा प्रहरीले जानकारी दिएको छ ।
यस्तै घाइते मेजर अनिता आले र सुबेदार पुर्ण बहादुर खड्कालाई थप उपचारका लागि सिता एयरको बिमानबाट नेपालगंञ्ज पठाईएको छ । सुर्खेतबाट हुम्लाका लागि उडेको बिमान खराव मौसमका कारण हुम्लामा अवतरण गर्न नसकेपछि विमान बाजुराको कोल्टी विमान स्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।