रत्ननगर, २० कार्तिक
रत्ननगर–१५ माधवपुरमा रहेको आधारभूत विद्यालय माधवपुरमा आयोजना गरिएको महायज्ञमा आर्थिक संकलनको काम तीव्र रुपमा भइरहेको छ । विद्यालयको स्तरउन्नती तथा प्राविधिक शिक्षा सञ्चालनको लागि आयोजना गरिएको महायज्ञमा दाताहरुले उत्सहापूर्वक रकम दान गरिरहेको विद्यालयका प्रधानाध्यापक बालकृष्ण ढकालले जानकारी दिए ।
महायज्ञको छैठौं दिन सोमबार राजु गुरुङले १ लाख ५१ हजार १५१, शिक्षिका सविता पोखरेलले १ लाख १ हजार १११, पूर्व विद्यार्थी ऋषि तिवारीले १ लाख १ हजार १११, तारानाथ न्यौपानेले १ लाख १ हजार १११,दण्डपानी ढकालले १ लाख ५, शिक्षक बेद प्रसाद पौडेलले ८५ हजार १०५, राजेश पण्डितले ५५ हजार ५५५, राजेश लामिछानेले ५१ हजार १५५, गोमा अधिकारीले ५१ हजार १५१ र सुर्यनाथ न्यौपानेले ५५ हजार ५५५ रुपैया दान गरेको प्रचार प्रसार समितिका संयोजक विजय खनालले जानकारी दिए । महायज्ञमा लालकुमार गुरुङ, रेवतीमाया खनाल, दण्डपानी ढकाल, भिमाकुमारी ढकाल, भिमसेन भूजेलको तुलादान गरिएको मुल समारोह समितिका सदस्य विष्णु लम्सालले जानकारी दिए ।
विद्यालयको माध्यमिक तहको स्तर उन्नती, कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यममा र कक्षा ११ र १२ मा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनको लागि महायज्ञ आयोजना गरिएको विद्यालयका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका संयोजक रमेशप्रसाद लामिछानेले जानकारी दिए । महायज्ञमा बाचन पण्डित दिनबन्धु पोखरेलले दैनिक श्रीमदभागवत कथा बाचन,एक हजार ८ शालिग्रामको विशेष पुजा आरधाना तथा धार्मिक प्रवचन भइरहेको छ ।
माधवपुरको महायज्ञमा रकम संकलन तीव्र
माधवपुरको महायज्ञमा रकम संकलन तीव्र
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस